सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा अशोक कुमार राई विज

मंसिर १२ गते । सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ ।
उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।


राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याउनुभएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार अशोक राई(अविरल)ले ७ हजार हजार ८ सय ४ मत ल्याउनुभएको छ ।
यसैगरी सुनसरी क्षेत्र न १ ( क ) प्रदेश सभा सदस्यमा एमालेका रमेस कुमार बस्नेत र सुनसरी क्षेत्र न १ ( ख ) प्रदेश सभा सदस्यमा एमालेका बिजय राइ बिजय हुन भएको छ ।