हार्ने निश्चित भएपछि ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिके: जगदिशप्रसाद कुसियत

सुनसरी चार वाट प्रतिनिधिसभामा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन ।

सञ्चारमन्त्री कार्कीले शनिवार अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउने भनेपनि गणना सुरु भएको छैन ।

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उम्मेदवार कुसियतको भनाइ छ ।
एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेका छन । यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।Avenews khabar