संसद विघटन गर्ने दललाई मतदान गरे देश पुनः दुर्घटनामा जाने ः गच्छदार

आशिष यादव,
मंसिर १ गते । पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन सुनसरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले संसद विघटन गर्ने दललाई मतदान गरे देश पुनः दुर्घटनामा जाने बताउनुभएको छ ।


आज बिहीबार दुहवी नगरपालिकामा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको चुनावी विशाल आम सभालाई सम्बोधन गर्नुहुँदै गच्छदारले निर्धक्क भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने अपिल गर्नुभयो ।

गठबन्धन अहिलेको आवश्यकता र माग समेत भएको कारण गठबन्धन बनाएर निर्वाचनमा होमिएको र निर्वाचनपछि काङ्ग्रेसको नेतृत्वमा गठबन्धनकै सरकार बन्ने उहाँले दाबी गर्नुभयो ।

लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले सुनसरी ३ नम्बर क्षेत्रमा धेरै विकास गरेको दावी गर्दै आफुमाथि लगाइएको मुद्दाको आरोप निराधार भएकोले हजारौं भोट अन्तरले जित्ने दावी गरे ।

यादवले नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बढ्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले देशको विकास र जनताको भावनाको कदर गर्ने पार्टी काग्रेस भएकाले निर्वाचन पनि गठबन्धनको बहुमतको सरकार बन्ने समेत दावी गर्नुभयो ।

चुनावी विशाल आम सभामा नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले पार्टीमा स्वागत गर्नुभएको थियो ।

चुनावी सभामा एमाले सहित १०० जना नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएकोले मन्त्री गच्छदारले स्वागत गर्नुभएको हो ।


पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेसका उम्मेदवार गच्छदारले नवप्रवेशीहरुलाई लोकतन्त्र र संविधानको रक्षाका निम्ति काम गर्ने पार्टी काग्रेंसमा प्रवेश गर्नुभएकोमा बधाई सहित स्वागत गर्नुभयो ।

गच्छदारले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए ।

यादवले अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रको विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै नवप्रवेसि कार्यकर्तालाई शुभकामना ब्यक्त गर्नुभएको हो । कार्यक्रममा त्यसै गरि सुनसरी क्षेत्र नं–३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादवले काग्रेसमा प्रवेशको जनलहर चलेको बताउनुभयो ।

नेकपाले आमजनता माझ धेरै आस देखाएको तर झुटको खेति गरिरहेको र हाल केन्द्रमा देखिएको कुर्सीमोहले आम जनता झनै स्पष्ट भएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेका हुन ।“हामि गलत बाटोमा रैछौ अब सहि बाटोमा आयौ” आमजनताको पार्टी भनेको काङ्ग्रेसनै हो नब प्रबेसि सुरेन्द्र चौधरीले भने ।

उता मौन अवधी नजिकिदै गर्दा सुनसरीको दुहवी नगरपालिका स्थित ६ मा पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेसका उम्मेदवार विजय कुमार गच्छदार र सुनसरी क्षेत्र नं–३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादवले घरदैलो कार्यक्रम गर्नुभएको छ ।

गच्छदारले आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने गरी अन्तिम पटक मतदाताको घरदैलोमा आएको बताउनुभयो गच्छदार प्रदेश सभा सदस्य उम्मेदवार विन्देशवर यादव सहितको सहभागीतामा घरदैलो कार्यक्रम गर्दै संविधानको पूर्ण कार्यान्वयन र विकासका निमती मत माग्न आएको बताउनुभयो ।