आफ्नो जित सुनिश्चित ः विन्देश्वर यादव

आशिष  यादव

मंसिर १ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा लोकतान्त्रिक बाम गठबन्धन नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका सदस्य पदका उम्मेदवार विन्देश्वर यादवले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

आज बिहीबार संचारकर्मीसमक्ष अन्तर्वार्ता दिदै उम्मेदवार यादवले मंसिर ४ गते हुने निर्वाचनमा सर्वसाधारण जनता नेपाली कांग्रेस पार्टीलाई मतदान गर्न आतुर रहेको बताएका छन् ।

मौन अवधी नजिकिदै गर्दा यादव यतिबेला जनताको घरघर पुगेर समस्या बुझ्न घरदैलोमा व्यस्त छन् । पछिल्लो समय हरेक दिन जनताको घरदैलोमा जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय यादव जनताले रुचाएका व्यक्तिमा पर्छन् ।

आफू कुनै पदमा नभएपनि आफ्नो व्यक्तिगत पहुँच र चिनजानका आधारमा समाजको विकासमा योगदान दिदै आएको बताउदै उम्मेदवार यादवले यसपटक भने आफूलाई मत हालेर निर्वाचित गराउने दिन कुरेर मतदाता बनेको बताउँछन् । सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत वडाका भौतिक तथा सामाजिक समस्याका बारेमा जानकारी रहेकोले निर्वाचित भएको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

आफूलाई जनताले नै चुनाव उठ्न दवाव दिएपछि उम्मेदवार भएको बताउदै यादवले आफ्नो कसैसँग पनि प्रतिस्पर्धा नभएको दाबी गरे । जातिर जीवनदेखि अहिलेसम्म विश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उम्मेदवार यादव बताउँछन् ।

आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्धता जनाए । लोकतान्त्रिक बाम गठबन्धनमा रहेका सबै राजनीति दलहरूको निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेका कारण आफू सग पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेसका उम्मेदवार विजय कुमार गच्छदार निर्वाचित हुनेमा दुईमत नभएको उनी बताउँछन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उम्मेदवार रहेका यादवले आफू निर्वाचन जितेमा बाटाघाटा, बाढी, डुबान, उद्योग, विद्यालय, स्वास्थ्य खानेपानी लगायत सबै क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए ।

सुनसरी क्षेत्र नम्बर ३ प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमा दिनप्रतिदिन माहोल बन्दै गएको छ । नेपाली काँग्रेसको तर्फबाट टिकट पाए लगत्तै उनको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि यादवलाई जिताउने मतदाताले अठोट गरिरहेका छन् ।

यसपालि पहिलो पटक मतदान गर्ने नयाँ पुस्ताका युवावर्गदेखि वृद्धसम्म उनको पक्षमा मत मागिरहेका छन् । यादव समाज बुझेका जनताका सुखदुख हरदम साथ दिने नेता हुनुहुन्छ, उहाँले विजय भयो भने हाम्रो क्षेत्र मात्रै होइन सुनसरीकै विकास हुन्छ,’ आफ्नो क्षेत्रका जनताको सुख दुखमा सधैँ साथ दिँदै आएका प्रभावशाली नेता यादव भएको कारण उनलाईनै मतदान गर्ने मतदाता बताउँछन् ।