इटहरीमा विजय गच्छदारको गर्जन स् ‘जनताले मत दिएर जिताउँछन्, अदालतले इन्साफ दिन्छ’

इटहरी  नेपाली कांग्रेससहितको गठबन्धनबाट सुनसरी क्षेत्र नं। ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले आँफूलाई ललिता निवास जग्गा प्रकरणमा फसाइएको बताएका छन् ।

इटहरीमा बिहीबार आजआयोजित चुनावी ¥यालीपछिको सम्बोधनका क्रममा गच्छदारले आँफूलाई फसाइएको र जनताको मतले न्याय दिने बताएका हुन् ।

‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले प्रतिशोध साँध्यो,’ गच्छदारले भने, ‘जहिल्यै चुनाव जित्ने र कहिल्यै नहार्ने भएकाले आगामी समयमा हुने निर्वाचनमा मैले फेरिपनि जित्छु भनेर फसाइयो ।’
चुनाव लड्न बञ्चित बनाउनका निम्ति आँफूलाई ओली नेतृत्वको एमाले सरकारले फसाइएको उनले बताए ।

‘मेरो त्यहाँ कुनै पनि संलग्नता छैन, मलाई यसपटक पनि जनताले चुनाव जिताएर पठाउनुहुनेछ,’ उनले भने, ‘मलाई विश्वास छ, मलाई ललिता निवास जग्गा प्रकरणमा अदालले सफाई दिन्छ, इन्साफ दिन्छ ।’

उनले आँफू जनतासमक्ष न्याय माग्न आएको बताए । उनले फरक प्रसंगमा अहिलेको गठबन्धन राजनीतिक स्थायीत्वका निम्ति बनेको बताए । देशमा राजनीतिक स्थिरता आउन नसकेकाले गठबन्धन कायम रहने तर्क गरे ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुनसरी ३ मा सत्ता गठबन्धनको तर्फबाट गच्छदार चुनावी मैदानमा छन् ।

नेकपा एमालेको तर्फबाट भगवती चौधरी प्रतिस्पर्धामा रहेकी छन् । गच्छदार र चौधरीबीचको यो प्रतिस्पर्धा तेस्रोपटक हुन लागेको हो । ०७० र ०७४ मा गच्छदारले चौधरीलाई पराजित गरेका थिए ।टाकुरा न्युज