निर्वाचनमा राष्ट्रियता, स्वाधिनताका पक्षमा एमालेलाई मत दिन आग्रह :ओली

कार्तिक ३० गते । मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रियता, स्वाधिनताका पक्षमा एमालेलाई मत दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन ।
नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन् ।

राष्ट्र, राष्ट्रीयता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासका लागि जनताले मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बहुमत दिने दावी समेत गरे ।
बुधवार सुन्सरिको दुहबी स्थित सरस्वति मा बि को खेलमैदानमा आयोजित बृहत् सन्युक्त जन सभा लाई सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले समाजमा रहेका असमानता र विभेदहरुलाई सामाजिक न्याय र समानताको आधारमा, समानुपातिक समावेशिताको आधारमा, सबै नागरिकलाई समान अधिकार र समान अवसरको प्रत्याभूति गर्दै नेकपा एमालेको सरकारले गर्ने दावी गरे ।

ओलीले एमालेको सरकार आए १ वर्षमा नागरिकता समस्या समाधान गर्ने बताउनुभयो । उहाँले नेपालीलाई नागरिकता दिन एमालेले नरोकेको पनि दाबी गर्नुभयो । नेपालीलाई नागरिकता दिन रोकिएको छैन तर विदेशीलाई भने नागरिकता दिन रोक्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले बुधबार नै सुनसरी क्षेत्र नं. ४ को लौकहीमा आयोजित चुनाबी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

स्वदेशमै राजगारीको अवसर सृजना गर्दै आठओटा औद्योगिक क्षेत्रको घोष्णा गरेर नेकपा एमालेले देशभर अवसरको सृजना गरेर देशमा नयाँ विकासको लहर ल्याएको कुरा गर्दै ओलीले राष्ट्रिय आत्मनिर्भरताको लहर ल्याएको जनाए ।

उनले प्रतिनिधि सभा क्षेत्र नं ३ का नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई विजयी गराए त्यस क्षेत्रको विकासको जिम्मा आफूले लिने समेत आश्वासन दिए ।
ओलीले एमाले हामी जातजातका कुरामा अल्झँदैनौ, हामी सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी अवसर, बराबरी न्यायको आधारमा राष्ट्रिय एकता कायम गरी नेपाल राष्ट्रको विकास गर्छौ अध्यक्ष ओलीले तर्क गरे ।

नेता ओलीले गच्छदारले सँधै धाँधली गरेर चुनाब जितेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले कार्यकर्तालाई यस पटक धाँधली हुन नदिन चनाखो भएर बस्न निर्देशन दिनुभयो ।