आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने ः गच्छदार

अशिष यादव ।

कात्तिक २९ गते । सुनसरीको दुहवी नगरपालिका वडा ७ स्थित भलुवामा पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले घरदैलो कार्यक्रम गरेका छन् ।

गच्छदारले आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने गरी अन्तिम पटक मतदाताको घरदैलोमा आएको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनु भएका क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेदबार गच्छदार क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार विन्देशवर यादव सहितको सहभागीतामा घरदैलो कार्यक्रम गर्दै संविधानको पूर्ण कार्यान्वयन र विकासका निमत्ती मत माग्न आएको बताएका छन् ।

समाजमा कांग्रेसप्रतिको आस्था र भावना बढ्दै गएकाले त्यसलाई संस्थागत गर्न जरुरी रहेको र पार्टीले तयसलाई सम्वोधन गर्दै आएको गच्छदारले बताए ।

गच्छदारले घरदैलोमा असल, सक्षम र विकास प्रेमी तथा संविधानको रक्षा गर्ने, देश र जनताको भावनाको कदर गर्ने लोकतान्त्रिक बाम गठबन्धनका उम्ेमदबारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ ।

कार्यक्रममा बिगतमा रहेको कमि कमजोरी र गुटबन्दीलाई छाडेर आ आफ्नो तर्फबाट आत्म आलोचना गर्दै पार्टीमा एकिकृत भएर मतदान गर्न लाग्ने देखेर आफुलाई खुशी लागेको बताए ।

गच्छदारले भने म ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु त्यसैले जनताले मूल्यांकन गरिरहेको छ र प्रत्येक चुनावमा जिताइरहेको छ यसपटक पनि जनताले अत्याधिक मतले निर्वाचित गराउने सभामा सम्बोधन गर्दै बताएको हो ।

त्यस्तै कार्यक्रममा पार्टीका माहाधिवेसन प्रतिनिधिहरुले पार्टी भित्र सुशासन र पार्दशिता आवश्यक रहेको बताउँदै यसलाई संस्थागत गर्न एकता आवश्यक रहेको बताए । कार्यक्रममा स्थानीय नेता देखी केन्द्रिय नेता लगायतको उपस्थिती रहेको थियो ।