आर्थिक वर्ष सकिनै लाग्दा सुनसरीको विभिन् पालिकामा असारे विकास जारी

। आर्थिक वर्ष सकिनै लाग्दा सुनसरीको विभिन्न पालिकामा असारे विकास जारी रहेको देखिएको छ ।

आर्थिक बर्ष २०८२÷०८३ वर्षका ११ महिनासम्म कामै नगरी आर्थिक वर्ष सकिन लाग्दा सुनसरीको विभिन्न पालिकामा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति बढेको देखिएको हो ।

स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको सुनसरीको विभिन् पालिकामा देख्न पाईन्छ ।

स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन् । आर्थिक वर्षका ११ महिनामा काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम चरण असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्ति हावी भएको देख्न सकिन्छ ।

सुनसरीको केही पालिकाहरुले पुरानो मितिमा आफ्ना नातागोता तथा आर्थिक लाभ हुनेगरी सम्झौता गरि असारे बिकाश लाई तिब्रता दिइरहेको समाचार श्रोतको दावी रहेको छ ।

अन्तिम चौमासिक स्थानीय तहमा सबैभन्दा बढी विकास निर्माणका काम हुँदा कतिपय योजना अलपत्र पर्ने र कतिपय विकास निर्माणका काम गुणस्तरहीन हुने गरेकाले कार्यतालिका अनुसार काम गर्नुपर्ने स्थानीयले बताए ।

स्थानीय तहमा कार्यतालिका अनुसार काम नहुँदा विकास निर्माणको काम असारमै आएर सम्पन्न हुने गरेको कार्यतालिका अनुसार काम गर्ने हो भने स्थानीय तहमा वैशाखभित्र सबै योजना सम्पन्न हुने भएकाले कार्यतालिका पूर्ण रूपमा पालना गर्न स्थानीय तहहरुले भूमिका खेल्नुपर्ने देखिन्छ ।