सुनसरीको स्थानीय तहमा न्यायिक भेला तथा अन्तरपालिका न्यायिक समिति भेलाका नाममा लाखौं भ्रष्टाचार भएको गुनासो

इनरुवा ,सुनसरीको आठ वटा स्थानीय तहमा न्यायिक समितिको नाममा भएको कार्यक्रम र न्यायिक भेला तथा अन्तरपालिका न्यायिक समिति संयोजकको भेलाका नाममा लाखौं भ्रष्टाचार भएको गुनासो बाहिर आएको छ ।
एउटै महिनामा ६ स्थानीय तहमा उही अनुहार उही खादा माला लगाउने व्यवहारको नाममा देखी मेलमिलापकर्ताको पुनर्ताजगी तालिमसम्मको नाममा लाखौं भ्रष्टाचार भएको गुनासो बाहिर आएको हो ।
काम केही नगर्ने उपाध्यक्ष उपप्रमुखहरुले असारे हतारको बैठक भेलामा ह्याट्रिक गरेको गाउँ तथा नगरबासीहरुले गुनासो गर्दै लाखौं भ्रष्टाचार भएको भन्दै भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका, रामधुनी नगरपालिका, दुहवी र इनरुवा नगरपालिकाबाट खर्च भएको शिर्षकहरु र प्रगति विवरण सार्वजनिक गर्न माग समेत उठेको छ ।
न्यायिक समितिकै काममा भ्रष्टाचार र अन्याय भएको कर्मचारी स्रोतको समेत गुनासो बाहिर आएको छ । यसमा छानविन होस अनि तपाई उपाध्यक्ष उपमेयरहरुले के के कार्यक्रम गर्नुभएको छ भेला र पुनर्ताजगीबाट के फाईदा भएको छ ? प्रगति विवरण र खर्चभएको विल भरपाईको फोटोकपी समेत प्रतिकृया संगै उपलब्ध गराईदिनुहोला । जनताको गुनासो ठीक या बेठीक तपाईको प्रमाण र प्रतिकृयाले निधारण गर्नेछ । नरिसाईकन तपाईको प्रमाण र प्रतिकृया उपलब्ध गराईदिनुहोला ।