राजनीतिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरेः गच्छदार

कार्तिक २८ गते । सुनसरी क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार विजय कुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा

फसाउने कोसिस गरिएको बताएका छन् । सोमबार सुन्सरीको दुहबी नगरपालिका वडा वार्ड नं ३ बसन्तपुरमा लोकत्रान्त्रिक बाम गठबन्धनको घर दैलो कार्यक्रम र भेलालाई सम्बोधन गर्दै गच्छदारले केपि ओलि नेतृत्वको दुई तिहाइको सरकारले सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरेको बताएको हो ।

भेलामा सुनसरी क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार गच्छदारले आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्यले मुद्दा चलाएको बताए ।

‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ,’ गच्छदारले भने, ‘तर दूषित उद्धेश्यले मेरो खुला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’

भेलालाई सम्बोधन गर्दै गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको बताए । केपि ओलि नेतृत्वको दुई तिहाइको ‘सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको छ,’ उनले भने । उनले आफू निर्दोष भएको समेत दाबी गरेका छन् ।
प्रधानमन्त्री एवं विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भन्दा धेरै पहिला देखि नै प्रारम्भ भएको हो । उक्त गुरु योजना मेरो निर्देशन र निर्णयले बनेको होइन ।

सो गुरु योजना कार्यान्वयन गर्न तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालज्यूको निर्देशानुसार प्रकृया अगाडि बढेकोमा तह तह हुँदै म सम्म आएको टिप्पणी बमोजिमको प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्रीपरिषदमा प्रस्ताव पेशसम्म गरेको हुँ । उक्त प्रस्ताव मन्त्रीपरिषदबाट सर्वसम्मत रुपमा पारित कार्यान्वयन अगाडि बढेको हो । यस्तो मन्त्रीपरिषदको समूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने म उपर मात्रै मुद्धा चलाईएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म उपर पूर्वाग्रह राखेको प्रमाणीत गर्दछ ।

मैले व्यक्तिगत रुपमा लाभ लिनु वा नेपाल सरकारलाई हानी पुयाएको अवस्था नभएकोले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्ने सम्मको कार्य कदापी भ्रष्टाचारजन्य कार्य हुन सक्दैन ।
गच्छदारले भने म ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु त्यसैले जनताले मूल्यांकन गरिरहेको छ र प्रत्येक चुनावमा जिताइरहेको छ यसपटक पनि जनताले अत्याधिक मतले निर्वाचित गराउने सभामा सम्बोधन गर्दै बताएको हो ।
अर्को प्रसंगमा गच्छदारले आफनो छोरा ३ महिनाको हुँदा आफु प्रजान्त्रको बहालीको लागि ५ बर्ष नेकपा एमाले कम्युनिष्ट पार्टीका नेता केपी शर्मा ओलीसंगै सेन्ट्रल जेलमा बसेको थिए भनि सम्बोधन गरी राख्दा मतदाताहरुलाई भावुक भएका थिए ।
गच्छदारले आफु जेलमा हुँदा आफ्ना सन्तानहरुलाई मेरो श्रीमतीले पालण पोषण गरेको र संसारमा सबैभन्दा ठुलो नारी सक्ती भएको जिकिर गर्नुभयो ।
सुनसरी क्षेत्र नं–३ का जनताले आफुलाई पटपटक चुनाव जिताएको र पुनः यस पटक क्षेत्र नं–३ का मतदाताहरुले आफुलाई अत्याधिक मत दिएर विजय बनाउने कुरामा आफु पिश्वस्ता रहेको गच्छदारले बताए ।
आफू विरुद्ध बिपक्षीले धेरै अफुवाहा फैलाईदियो जस्को कारणले गच्छदार चुनाव लड्न पाउँदैनन् ।,मुद्दा लागेको कारण चुनाव लडेपनि बिकासका कामहरु गर्न सक्दैनन् ।,भनी भ्रमपुर्ण हल्ला फैलाएको छ।” गच्छदारले बताउनुभएका हुन् ।
मतदाताहरुलाई गच्छदारले भने “यो हल्लाको पछि नलाग्नुस्,यदि म चुनाव लड्न पाउँदिन थिए भने निर्वाचन आयोगले रोकि दिन्थ्यो नि एमालेका केही मानिसले निर्वाचन आयोगमा उजुरि गरे मेरो उम्मेदवारी रद्द गर्न तर निर्वाचन आयोगले त्यो उजुरी खारेज गरिदियो ।”
बिपक्षी सर्वोच्च अदालतमा मेरो उम्मेदवारी खारेज गर्न गए तर सर्वोच्च अदालतले मेरो उम्मेदवारी खारिज गरेन,त्यसैले आज बैधानिक रुपले म तपाईंहरू सामु सातौं पटक मत माग्न आएको बताउनुभयो । उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने भनी प्रतिवद्धता गर्नुभयो । उहाँले सुनसरीको क्षेत्र नम्बर ३ मा विदेशिएका युवाहरुलाई आफ्नै ठाँउमा काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो।
लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवार गच्छदारले जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको बताउदै त्यो पनि आफूहरूको जितको आधार भएको बताउनुहुन्छ गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको भनाइ छ । गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने गच्छदारले बताउनुभयो । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि लोकतान्त्रिक बाम गठबन्धनको विकल्प छैन ।