
वैशाख १२ गते । चालक तथा सह-चालकहरूलाई लक्षित गरी ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्याब्सन इनरुवाको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको सहकार्यमा विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह-चालकहरूलाई लक्षित गरी उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
इनरुवा नगरपालिका–३ स्थित लक्ष्मी पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह-चालकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक विकास थपलियाले सुरक्षित सवारी सञ्चालन, विद्यार्थी सुरक्षा, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी चलाउँदा हुने जोखिमका विषयमा प्रशिक्षण दिनुभयो । साथै उहाँले ‘स्कुल बस निर्देशिका, २०७४’ बमोजिम सवारी साधन सञ्चालन गर्न आग्रह गर्नुभयो।
