
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सन वैशाख ५ गते शनिबार काठमाडौंको महिन्द्र क्लब भृकुटीमण्डपमा सम्पन्न हुँदैछ ।


चौथो कन्भेन्सनसँगै आगामी २०२६/०२७ को नेतृत्व पनि चयन हुनेहुँदा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफमा निर्वाचन सरगमी पनि बढ्दैछ । लायन वर्ष २०२६/०२७ का लागि २०२५/०२६ का फष्ट भाइस गभर्नर लायन अजयप्रसाद खनाल गभर्नरमा निर्वाचित हुँदैछन् ।
त्यसैगरी २०२५/०२६ का सेकेण्ड भाइस गभर्नर मनोजकुमार सापकोटा फष्ट भाइस गभर्नरमा निर्वाचित हुँदैछन् त्यस्तै २०२६/०२७ का लागि किशोर भक्त श्रेष्ठ भने प्रतिस्पर्धा भएमा निकै अगाडी देखिएका छन् । ३३ वर्षे लायनिज्मको यात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमा नै उल्लेखनीय आर्थिक योगदान गरेकाले सेकेण्ड सेन्चुरी एम्बेसडर प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो, लायन्स अन्तर्राष्ट्रिय आजीवन सदस्य (मेम्बर) जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल सबैभन्दा जेष्ठ, किशोर भक्त श्रेष्ठनै डिष्ट्रिक्ट ३२५ एफको आगामी २०२६/०२७ का लागि द्वित्तिय भाइस डिस्ट्रिक्ट गभर्नर बनाउनुपर्ने बाध्यता र आवश्यकता बढ्दै गएको छ ।
नेपालमा भएको चारवटा डिष्ट्रिक्टबाट १५ वटा बनाउनु पर्ने बाध्यता र आवश्यकताको प्रमुख कारण समावेशीता, भौगोलिकता र जेण्डर (लैंगिकता) प्रमुख कारण रहेकोले किशोर भक्त श्रेष्ठ यतिबेला पुराना, पाका र समावेशी अनुहारलाई नै डिष्ट्रिक्ट ३२५ एफमा जनजातिबाट भावी गभर्नरका रुपमा देख्न यतिबेला डिष्ट्रिक्ट ३२५ एफका अधिकांश क्लबहरु आतुर देखिन्छन् । श्रेष्ठ निकै लामो समयदेखि समाजसेवामा समर्पित हुँदै आएका र नेपालको लायनिज्मको यात्रामा श्रेष्ठ भन्दा पछिका लायन लिडरहरु सबैजसो गभर्नर भइसकेका कारण सबै पिडीजी लगायत अधिकांश लायन लिडरहरुको आग्रह अनुरोधपछि मात्र लायन किशोर भक्त श्रेष्ठले यसवर्ष अर्थात २०२६/०२७ मा द्वितिय भाइस गभर्नरका लागि प्रत्यासी बनेका हुन् । उनले यसवर्ष देखि नै डिष्ट्रिक्टको व्यवस्थित कार्यालय निर्माण गर्दै जाने लक्ष्य लिएको हुँदा २०२८/०२९ सम्ममा डिष्ट्रिक्ट ३२५ एफको आफ्नै सुविधा सम्पन्न भव्य भवन बनाउने र सर्भिस सेन्टर बनाउने उद्देश्यका साथ ३ वर्ष पछि गभर्नर बनाउन डिष्ट्रिक्ट ३२५ एफका सबै पिडिजीहरुको एउटै उद्देश्य रहेकोले किशोर भक्त श्रेष्ठ भूगोल र समावेशी अनुहारलाई २०२६/०२७ का लागि द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर बनाउन लागि परेका छन् ।
यति मात्र नभएर लायन किशोर भक्त श्रेष्ठले मानिसको जीवन बचाउने ब्लड बैंक निर्माणका लागि टियु ब्लड बैंकमा दश लाख डोनेसन गर्ने पहिलो व्यक्ति श्रेष्ठ नै हुन् । त्यसैगरी लायन अन्तर्राष्ट्रिय क्लबमा नेपालको लायनहरुमध्ये ठूलो रकम डोनेसन गरेका हुँदा पटक पटक अन्तर्राष्ट्रिय गभर्नरले सम्मान पटक पटक सम्मान गरेको छ । त्यसैगरी नेपाल अपाङ्ग कोषमा १५औं वर्षदेखि लाखौं रकम सहायता उपलब्ध गराउँदै आएका श्रेष्ठले हालै मात्र अपाङ्ग भएका व्यक्तिहरुलाई जीवनयापन गर्न सहजीकरण हुने उद्देश्यले करिब १३ लाख बराबरको ह्वील चियर, हातखुट्टा, वैशाखी जस्ता उपयोगी सामग्री वितरण गरेका छन् । लायन्स सर्भिस बैंकमा एक लाख, डिष्ट्रिक्ट ३२५ एफको एनएलएफ कोषमा स्थापनााकालमै रु एक लाख प्रदान गरेर प्लाटिनियम अवार्ड प्राप्त गरिसकेका किशोर भक्त श्रेष्ठले बिसौं वर्ष अगाडि देखि आफ्ना परिवारका धर्मपत्ती ‘एमजेएफ’ मोना श्रेष्ठ लगायत दाजुभाइहरुलाई लायनिज्मको यात्रामा हिँडाउन सफल भएका छन् । मनका धनी किशोर दाईले लायनिज्म यात्रामा अन्य लायन लिडरहरुलाई प्रोत्साहन गर्न पनि यसरी डोनेसन गर्दै आएको बताउँछन् । यस कारण उनलाई डिष्ट्रिक्टदेखि विभिन्न सामाजिक कार्यक्रमहरुमा परोपकारी किशोर दाई भनेर शीर्ष लायन लिडरहरुले सम्बोधन गर्ने गर्दछन् ।
२०११ साल असार २ गते काठमाडौंमा जन्मेका किशोर भक्त श्रेष्ठ १९९३ डिसेम्बर ८ तारिखदेखि सन् २०२६ सम्म आउँदा लायन्सका संस्थाहरुमा संस्थापक क्लब प्रेसिडेन्टदेखि डिष्ट्रिक्ट सम्मका बिसवटा भन्दा बढी कार्यकारी पदहरु सफलतापूर्वक सम्पन्न गरी सकेकाले पनि अहिले पहिलो बाध्यता र आवश्यकताका पात्र किशोर भक्त श्रेष्ठ नै द्वितिय डिस्ट्रिक्ट गभर्नरका प्रत्यासी मध्येका पहिलो हुन् र उनी नै निर्वाचित हुने पक्का जस्तो भएको छ । वर्तमान डिष्ट्रिक्ट ३२५ एफका पूर्व गभर्नरदेखि पदाधिकारी सबैजसो किशोर भक्त श्रेष्ठ नै यस वर्षदेखिको उपयुक्त पात्र रहेको बताउँछन् ।
ठूला बिजनेश हाउसहरुका लगानीकर्ता श्रेष्ठले सयौं युवा युवतीहरुलाई रोजगारीका अवसर प्रदान गरिरहेका छन् । बिजनेस सेक्टरमा सफल उद्योगपतिका रुपमा परिचित रहेका श्रेष्ठले स्वास्थ्य क्षेत्रमा लगानी, हाउजिङ्ग क्षेत्रमा लगानी देखि आयात निर्यात सम्मका ट्रेडिङ्ग बिजनेश लामो समयदेखि सञ्चालन गरिरहेकाले श्रेष्ठ अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, अष्ट्रिया, हंगेरी, रोमनिया, इन्डोनेसिया, सिंगापुर, हङकङ, अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, भारत, बंगलादेश, इजरायल, संयुक्त अरब इमिरेट जस्ता विश्वका प्रमुख मुलुकहरुको भ्रमण गरी सकेका छन् । उनी अटिजम केयर नेपाल सोसाइटीका आजीवन सदस्य, त्रिवि लायन्स ब्लड बैंकका संस्थापक सदस्य, नेपाल मधुमेह समाजका सल्लाहकार, नेपाल कोरिया तथा उद्योग चेम्बरजस्ता संस्थाका उपाध्यक्षजस्तो कार्यकारी पदको भूमिका निभाउँदै आएका छन् । ३३ वर्षे लायनिज्मको यात्रामा उनले दर्जनौ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा रिकोनाइजेशन, दर्जनौ वटा अन्तर्राष्ट्रिय सर्टिफिकेट र विभिन्न अन्तर्राष्ट्रिय प्रेसिडेन्ट मेडलहरु प्राप्त गरिसकेका हुँदा डिष्ट्रिक्ट ३२५ एफको सम्मानको लागि पनि श्रेष्ठ नै अहिलेको द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नरमा पहिलो रोजाइका पात्र रहेका छन् ।
