
सुनसरीको दुहबी नगरपालिकाको निर्माणाधीन फोहोर प्रशोधन केन्द्रका लागि भारतीय सरकारले १८ करोड ३५ लाख ६८ हजार ७ सय ६१ रुपैया प्रदान गरेको छ।


आइतबार आज दुहबी वार्ड न ४ अबस्थित फोहोर प्रशोधन केन्द्रमा सिल्यनास आयोजित कार्यक्रममा भारतीय दूतावासका सचिब नारायण सिंहले सो रकम बराबरको चेक दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रम नेपाल सरकार,भारतीदूतावास र दुहबीबीच त्रिपक्षीय सम्झौता अनुसार मेयर गच्छदारले प्रशोधन केन्द्रलाई आधुनिक र ब्यवस्थित बनाउँदै पूर्णरुपमा सञ्चालन गर्न दूतावासले १८ करोड ३५ लाख रुपैया ६८ हजार ६१ रुपैया अनुदान सहयोग उपलब्ध भएको जानकारी दिए।

सम्झौता अनुसार सिदार्थ दर्शन चौरसिया जेभीले ठेक्का पाएको ४ जुलाई २०२७ सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको भारतीय दूतावासका इन्जिनियर सबिन न्यौपानेले जानकारी दिनुभयो छ ।
हाल दुहबी नगरपालिकाले करिब ३ करोड रुपैयाको लगानीमा सो केन्द्र दुहबी वडा नम्बर ४ मा सञ्चालनमा रहेको करिब १६ विगाह क्षेत्रफलमा फैलिएको केन्द्रलाई थप गुणस्तरीय र बढि क्षमताको बनाउनका लागि सम्झौता भएको दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले बताए ।

सो केन्द्रमा करिब १५ जना कर्मचारीसहित आवास गृह समेत रहेको जनाउँदै मेयर गच्छदारले नयाँ सम्झौताले नगरपालिका क्षेत्रबाट निस्किएका विभिन्न प्रकारका फोहोरलाई ब्यवस्थित रुपमा संग्रहगर्दै ब्यवस्थापन गर्ने विश्वास लिए।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले फ़ोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गर्दै दुहबी, बुढीगंगा, गढी र बिराटनगरको दैनिक ५ टन फ़ोहोर व्यवस्थापन केन्द्र पुर्णरूपमा वातावरण मैत्री हुने जनाएका छन् ।
हाल सञ्चालनमा रहेको केन्द्रलाई थप स्तरीय बनाउन नगरपालिकाले यसअघिपनि नीजि क्षेत्रदेखि विदेशी लगानी भित्राउने प्रयास गर्दै आएको सम्झौतापछि भारतीय दूतावासले परियोजना अन्तर्गत दुहबीको फोहोर प्रशोधन केन्द्रमा लगानी गरी द्रुतगतिमा फोहोर ब्यावस्थापन क्षेत्रमा काम गर्ने जनाएको छ।
