गढी गाउँपालिका–२ औरावनी फार्मेसी सञ्चालिका मोनिका चौधरी पक्राउ

। सुनसरीको गढी गाउँपालिका–२ औरावनी एक फार्मेसी सञ्चालिका पक्राउ परेको छ ।

सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी चौधरीले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले खानतलासी गर्दा फार्मेसीमा लुकाई छिपाइ राखिएको ट्राम डोल र स्पास्पेन गरी जम्मा दुई हजार ९३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइ थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।