सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित

सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् ।

उनले ५७ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे ।
यसैगरी नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरे । नेकपाबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी १ हजार ८१६ मतमा सीमित भइन् ।