
फागुन २४ । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी ३ बाट अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।


उनले ४७ हजार ४२१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी ले १५ हजार ०८३ मत पाएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ५ हजार ३४८ मत बदर भएको छ ।
अशोक चौधरीले फराकिलो मतान्तरसहित जित हासिल गर्दै सुनसरी–३ मा रास्वपाको प्रभाव देखाएका छन् ।
