
फागुन २२ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।


दोस्रो चरणमा ८५३३ मत गणना हुँदा सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले घण्टी चुनाव चिह्नमा ४८९१ मत प्राप्त गर्नुभएको हो ।
नेकपा एमालेकी भगवती चौधरीले सूर्य चिह्नमा १२१५ मत तथा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले रुख चिह्नमा १४९६ मत प्राप्त गर्नुभएको छ ।
अन्य उम्मेदवारतर्फ तारा चिह्नमा १४०,माटो चिह्नमा ३८,हलो चिह्नमा ८१ मत गणना भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
