
फागुन १४ गते । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चार वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदबारहरु घरदैलोलाई तिव्र पारेका छन् ।


उम्मेदबारहरुले पार्टीको घोषणा पत्र र आफ्नो प्रपिवद्धता पत्र सहित मतदाताका घरघरमा पुगेर भोट मागिरहेका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का नेपालि कांग्रेशका उम्मेदबार विजय गच्छदारले इटहरीका वडाहरुमा घरदैलौ गरिरहनुभएको छ भने नयाँ उदाएको पार्टी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को धरान उपमहानगरपालिकाको वडाहरुमा घरदैलौ जारी राख्नुभएको छ । त्यसैगरी नेपाली काग्रेंसका तर्फबाट पूर्व मन्त्री तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का काग्रेंसका उम्मेदबार ज्ञानेन्द्र बहादुर कार्की भोक्राहा नरसिंहको वडामा घरदैलौलाई तिव्र पानुभएको छ ।

कार्कीले आफ्नो समर्थकका साथ वडाहरुमा घरदैलौ जारी राख्नुभएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबार पूर्व राज्य मन्त्री रामकुमारी चौधरीले इनरुवा नगरपालिकाको वडाहरुमा घरदैलौ जारी राख्नुभएको छ । उता निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली काग्रेंसका उम्मेदबार विजयी कुमार गच्छदार गढी गाउँपालिका, राष्टिय स्वतन्त्र पार्टीका उम्मेलबार असोक चौधरी इटहरीमा घरदैलौ र बाचा पत्र सार्वजनिक कार्यक्रममा रहनुभएको छ ।

यसैबीच प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पुराना र नयाँ बिच प्रतिस्प्रधा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा गत निर्वाचनमा जितेको एमालेका नेता भिमप्रसाद आचार्य, पराजित भएका नेकपा माओवादी केन्द्रका डम्बर सुवेदी(हिमाल) र नेपाली काग्रेंसका नेता सिताराम मेहता सहितका नेताहरु यसपाली चुनावी मैदानमा हुनुहुन्न भने ती ठूला पार्टी सहित नयाँ खुलेका दलहरुका नयाँ अनुहार बिच प्रतिस्प्रधा हुने देखिएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व प्रदेश सभा सदस्य, नेपाली काग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीका राम कुमारी चौधरी, जनता समाजवादी पार्टीका नेता रामचन्द्र मेहता, एमालेका युवा नेता सुजन लामा, उज्यालो नेपाल पार्टीका गोपाल तामाङ सहितका २८ जना बिच प्रतिस्प्रधा हुने देखिएको छ ।

यस क्षेत्रबाट नेपाल मजदूर किसान पार्टीका गिता माया बजेगु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का कृष्ण कुमारी दनुवार, मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार बस्नेत सहितकाले उम्मेदवारी दिई मतदातासंग मात माग्न व्यस्त भएका छन् । त्यसैगरी स्वतन्त्रबाट सत्य नारायण पंडित, तीन दशकदेखी पत्रकारितामा रहनुभएका इफतखार हसन (इकवाल),राज कुमार खत्री, भीम बहादुर दाहाल सहित २८ जनाको उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
