
।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा एक कार्यक्रमका बिच कम्प्युटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षण चौथौ समुहको तालिम समापन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एक सातासम्म सञ्चालन भएको यस तालिममा प्रहरी कर्मचारीलाई कम्प्युटर सञ्चालन, सूचना व्यवस्थापन र प्रविधिको प्रभावकारी प्रयोगसम्बन्धी ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले प्रविधिमा आधारित प्रहरी सेवाले कार्यक्षमतामा वृद्दि हुने कुरा उल्लेख गर्दै तालिमको प्रभावकारिता सम्बन्धमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सिनियर प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो
