मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे: गच्छदार

 

इनरुवा। मुद्दा लागेको कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियो भनेर बाम लोकतान्त्रीक गठबन्धन बाट सुनसरी क्षेत्र नं(३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिजय कुमार गच्छदारले बताउनु भएको छ ।

शनिबार गढी गाउँपालिका वडा नं ४ स्थित चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले उक्त कुरा बताउँनुभएको हो ।

 

चुनावी सभा सम्बोधन गर्दै”नेकपा एमालेको सरकार हुँदा मलाई जबर्जस्ती ललिता निवास जग्गा प्राकरणमा मुद्दा लगाएको कारणले धेरै अफुवाहा फैलाईदियो जस्को कारणले गच्छदार चुनाव लड्न पाउँदैनन् ।,ञमुद्दा लागेको कारण चुनाव लडेपनि बिकासका कामहरु गर्न सक्दैनन् ।,ञभनी भ्रमपुर्ण हल्ला फैलाएको छ।” गच्छदारले बताउनुभएका हुन् ।

मतदाताहरुलाई गच्छदारले भने “यो हल्लाको पछि नलाग्नुस्,यदि म चुनाव लड्न पाउँदिन थिए भने निर्वाचन आयोगले रोकि दिन्थ्यो निरु,ञएमालेका केही मानिसले निर्वाचन आयोगमा उजुरिगरे मेरो उम्मेदवारी रद्द गर्न तर निर्वाचन आयोगले त्यो उजुरी खारेज गरिदियो ।”

बिपक्षी सर्वोच्च अदालतमा मेरो उम्मेदवारी खारेज गर्न गए तर सर्वोच्च अदालतले मेरो उम्मेदवारी खारिज गरेन,त्यसैले आज बैधानिक रुपले म तपाईंहरू सामु सातौं पटक मत माग्न आएको बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गरणै गच्छदारले आफ्नो पहलमा लोहनि,एकमा,औरावनी देखि खडी टोल,बोर्डर सम्मको सडक टुलाईन गरि कालोपत्रे हुने र २५ करोडमा उक्त सडकको टेण्डर समेत लागिसकेको बताउँनुभयो ।

बिपक्षीका कुरा नसुनिकन बिगतका दिनहरुमा जसरी विश्वास गरि मत दिएर सुनसरी क्षेत्र नं(३ को बिकासका लागि आफुलाई बिजय गराउँनुभयो त्यसरी नै एसपटक पनि विश्वास गरि बिजय गराई बाँकी रहेका कामहरु गर्नका निम्ति आफुलाई मतदान गर्न समेत गच्छदारले मतदाताहरुलाई आग्रह गरे। गच्छदार चुनावी सभाामा आउनासाथ त्यहाँका मतदाताहरुमा उत्साह छाएको थियो । मतदाताहरुले आफ्नो क्षेत्रमा रहेका समस्या सुनाउदै तत्काल एउटा पुल,शमसान घाट,टेबल,कुर्सी, र भोजभतेरमा खाना पकाउन प्रयोग गरिने सामाग्रीहरु उपलब्ध गराइदिन अनुरोध समेत गरेका थिए भने गच्छदारले चँडोभन्दा चाँटो उक्त सामाग्री उपलब्ध गराउने र पुल पनि चाँडै बनाउने मतदाताहरु समक्ष प्रतिवद्धता जाहेर गरेका थिए ।

चुनावी सभामा बाम लोकतान्त्रिक गठबन्धन सुनसरी क्षेत्र नं(३ का प्रतिनिधि सभा सदस्य बिजयकुमार गच्छदार ,सुनसरी क्षेत्र नं(३ ९ख० प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादव,गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रिप्रसाद यादव,लगायतको आतिथ्यता रहेको थियो भने ३ सय जना भनणदा बढी मतदाताहरुको सहभागिता रहेको थियो ।