
। सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले देशको विकास, समृद्धि र यस जिल्लाको नागरिकहरुको पक्षमा काम गर्न आफुलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।


गच्छदारले देशभरको विकासमा भन्दा आफू मन्त्री भएको बेला सुनसरी र त्यसमा पनि क्षेत्र नम्बर ३ का बढी काम गरेकाले जनताले मुल्याकन गरेर मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उम्मेदबारी दर्तागरेपछि विभिन्न ठाउँमा भईरहेको निर्वाचन परिचालन समितिहहरुको कार्यक्रममा गच्छदारले जनताको साथ र सहयोगका कारणले निर्वाचन जित्ने दावी गर्दै आउनुभएको छ । हालै इटहरी उपमहानगरपालिकामा आयोजित एक कार्यक्रममा गच्छदारले आफ्नो पक्षमा जनता रहेको र गत निर्वाचनमा मत विराएकाहरुले पनि यसपाली मतदान गरेर सहयोग गर्ने भएकाले निर्वाचन जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहभागीहरुले भने बिजय कुमार गच्छदारको पक्षमा आफूहरुले मतदान गर्ने, जनताको नेता गच्छदार नै भएको र जनताको भावना बुझ्ने, सालिन, भद्र नेता , विकास प्रेमी नेता भएको भन्दै मतदान गर्न आतुर रहनेको समर्थनमा नारा लगाएका थिए । सहभागीहरुले यस क्षेत्रमा गच्छदारले दजर्नौ पुल, भोलुगें पुल, सडकबाटो र शैक्षिक संस्था, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणमा योगादन गरेको नेता गच्छदार भएको प्रतिकृया दिएका छन् ।
गच्छदारले आफूलाई जनताले विजयी गराउदै आएको आफू जनताको नेता भएर विकाससगैं संविधान निर्माणसम्मको काम गरेको बताउनुभयो ।
आफ्नो संवोधन तथा शुभकामना दिने क्रममा गच्छदारले निर्वाचनमा आफूलाई जनताले विजयी गराउनेमा विश्वस्त रहनेको भन्दै फेरी बिजयी पश्चात् आफू सम्पुर्ण कार्यकाल यसै क्षेत्रको विधार्थी, युवा, महिला र पिछडिएका दलित समुदायको आर्थिक उन्नति,शैक्षिक क्षेत्रमा बैज्ञानिकिकरण, कृषि क्षेत्रमा यान्त्रिकरण र आधुनिकिकरण सहित उल्लेख्य सुधार गर्ने बताउनुभयो ।
उहाँले नागरिकको पक्षमा महत्वपूर्ण कार्यहरु गर्दै आएको फेरी पनि गर्ने बाचाका साथ जनताको माझमा आएको बताउनुभयो । फरक प्रसंगमा गच्छादारले यहाँका आदिवासी, जनजाती र थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित भएका भुस्कलवावासी सहित सम्पूर्ण सहभागीहरुले बिजय कुमार गच्छदारको पक्षमा आफूहरुले मतदान गर्ने र जनताको सालिन नेता , विकास प्रेमी नेता बिजय कुमार गच्छदारनै भएको भन्दै मतदान गर्न आतुर रहनेको नारा लगाउनुभएको थियो ।
