राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाको ६१ औं वार्षिकोत्सव]

माघ १० गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाले ६१ औं वार्षिकोत्सव समारोह मनाए ।

वि.सं २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आज माघ १० गते सानिबार आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गरेको छ ।

सोहि अबसर पारेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाले ६१ औं वार्षिकोत्सव समारोह मनाएको हो ।

उद्योग बाणिज्य संघ दुहाबिका अध्यक्ष प्यारचंद चौधरीको प्रमुख आतिथ्यतामा आज सनिबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ दुहबिका अध्यक्ष चौधरीले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार भए संगै दुहबी साखाले फड्को मार्दै गएको बताए । अहिलेको बढ्दो तरलतालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाले उत्पादन र रोजगारी सृजनामा गर्दै औसत कार्य गर्दै गरेको सम्बबोधनको क्रममा जिकिर गरे ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाका प्रबन्धक कुमारी रेनुका सिंह राजबंसीले कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए । उनले यस बैंकले सुन कर्जामा समेत लगानी गरिरहेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको प्रबन्धक कुमारी रेनुका सिंह राजबंसीले जानकारी दिनुभयो ।

सुभकामना मन्तब्यको क्रममा बैंकका कर्मचारी सुष्मा भण्डारीले दुहबी साखाले निमुखा देखि ठुला ग्राहकलाई सेवा प्रदान गरिरहेको बताईन । मन्तव्यको क्रममा युवा ब्यबसायी राकेश मुन्धडाले बैंकले अरु बैंकलाई उछिन्ने गरी कार्य गरि रहेकोमा शुभकामना दिएका थिए ।

बैकले सोहि अबसरमा बैंकिङ सेवा ग्राहक हरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा जमाकर्ता तर्फ गोपाल खड्का,श्याम नारायण थारु,सोमनाथ खनाल र कर्जा तर्फ सुमित कुमार साह,सुभम राइस मिल ,फोरवार्ड कम्प्लेक्स,डिजिटल बैंकिंग तर्फ संदिप राउत लाइ सम्मान पत्र सहित खादा माला लागाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुहबी साखाका प्रबन्धक कुमारी रेनुका सिंह राजबंसीले सम्मान गर्नुभएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाममा सहित दुर्गम क्षेत्रमा समेत गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।