
माघ ६ गते । सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


निर्वाचनमा पुरानो अनुहार सहित नयाँ उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाबाट यसअघि निर्वाचित दुई जना सहित ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरीको २ र ४ नम्बर क्षेत्रमा साँझ ७ बजेसम्म मनोनय दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा निवर्तमान प्रतिनिधि सभा सदस्य भगवती चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व सूचना तथा संचार र अर्थमन्त्री एवं नेपाली काग्रेसको नेता ज्ञानेन्द्र बहादुर कार्कीले मनोनयन दत्र्ता गराउनुभयो ।

प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट सुजन लामा, नेपाली काग्रेसको तर्फबाट राजिव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट लाल विक्रम थापा, जसपा नेपालबाट रामचन्द्र मेहता, नेपाली कम्युनिष्ट पार्टीबाट राम कुमारी चौधरी,नेपाल मजदूर किसान पार्टीको तर्फबाट गिता माया बजेगु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कृष्ण कुमारी दनुवार,मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, राष्टिय मुक्ती नेपालबाट सन्तोश मेहता, उज्यालो नेपाल पार्टीका गोपाल तामाङ,नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार बस्नेतले उम्मेदवारी दर्ता भएकोछ। त्यसैगरी स्वतन्त्रबाट सत्य नारायण पंडित इफतखार हसन (इकवाल),राज कुमार खत्री,भीम बहादुर दाहाल सहित २४ जनाको उम्मेदवारी दर्ता भएकोछ ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसको नेता ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका जगदिश कुसियैत, राष्टिय स्वतन्त्र पार्टीको तर्फबाट दिपककुमार साह, जनता समाजवादी पार्टी नेपालबाट सविता यादव, नेपाली कम्युनिष्ट पार्टीबाट महमद महफुज अंसारी,, जनमत पार्टीबाट कपलेश्वर यादव, नेपाल मजदूर किसान पार्टीका तर्फबाट चन्चला इसुटु, आम जनता पार्टीका तवरेज आलम अंसारी, उज्यालो नेपाल पार्टीबाट बच्चालाल यादव, राष्टिय प्रजातन्त्र पार्टीबाट प्रेम प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रकाट भेषराज बजगाई, संघीय लोकतान्त्रिक राष्टिय मञ्चबाट मो. सदिक मियाँ सहितको उम्मेदबारी दर्ता भएको छ ।

त्यसैगरी मंगोल अर्गनाईजेसजनबाट मनकुमार राई, राष्टिय निर्माण दलबाट समिद खान, नेकपा संयुक्तबाट सत्यनारायण लहुटिया, श्रमसंस्कृति पार्टीका विष्णु राउत, नेपाल जनता पार्टीबाट रमेश कुमार साह सहितको उम्मेदबारी दर्ता भएको छ ।

त्यसैगरी स्वतन्त्रको तर्फबाट जमाल मियाँ, अंकीत कार्की, कुन्दन कौसिक, उपेन्द्र कुमार साह, तेजनारायण गोईत, देवनारायण महतो,पावर्ती मुखिया, फुलकुमारी खान, बुधेश्वर यादव, हरि पराजुली, शर्मानन्द खतिवडा, रोजन विश्वकतर्मा, यमुना केसी, महेन्द्र सुनचौरी, गुलाव अंसारी, तजमुल मियाँ सहित ३४ जनाले उम्मेदबारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसको नेता विजयकुमार गच्छदार, एमालेबाट भगवती चौधरी, नेकपाबाट दुर्गेश चौधरी, रास्वपाबाट असोश कुमार चौधरी, आम आदमी पार्टीबाट रोहन साह, नेमकिपाबाट प्रकृति बासी, समावेसी समाजवादी पार्टीबाट किसोरकुमार विश्वाश, नेकपा माओवादीबाट आशुतोष ढुगेंल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद साह, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट प्रमोद पौडेल, जसपा नेपालबाट बद्री प्रसाद यादव, आम जनता पार्टीबाट रोशनकुमार साह, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी सहितको २३ जनाको मनोनय दर्ता भएको छ ।

यस क्षेत्रबाट चितनारायण चौधरी, कुमारी उराँव, सुमनकुमारी चौधरी, कासनी थरुनी सहित चार जनाको स्वतन्त्र उम्मेदबारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जनाकारी दिनुभएको छ ।

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन मुख्य अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर पाँच लाख ८० हजार ९ सय ४५ जना मतदाता कायम रहेका छन् ।
ती मतदाताका लागि जिल्लामा १ सय ६७ वटा मतदान स्थल र ६सय २४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान स्थल व्यवस्थापन, सुरक्षा तयारी तथा आवश्यक जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको छ ।
