
माघ २ गते । सुनसरीको तिन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ ।


फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि आज शुक्रबार सुनसरीको सबै चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुने भएकोले इनरुवा नगरपालिका २ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको हो ।

जिल्लाको इनरुवामा २ र ४ को मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय त्यसैगरी दुहबी स्थित ३ नम्वर निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । रोल्पाको जिल्ला न्यायधिवक्ता पदम बहादुर कार्की ३ नम्वर निर्वाचन अधिकृत रहनुभएको छ ।
त्यसैगरी धरानमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा उदघाटन गरेको छ ।
सुनसरी १ नम्बर निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिनुभएको छ । जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत तथा चार जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ । मुख्य निर्वाचन अधिकृतलाई ४ नम्बर निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा ४ नम्वर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको हो ।
