श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औं बार्षिक साधारण सभा सम्पन्न

।सुनसरीको दुहवी नगरपालिका वडा नं. ५ मा रहको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नै प्राङ्गनमा २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


श्री जनकल्याण साकोसको आयोजना तथा बष्टि इन्जिनियर बलराम चौधरीको प्रमुख आतिथ्यतामा श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले २५ औं बार्षिक साधारण सभा पौष २५ गते शुक्रबार सम्पन्न सम्पन्न गरेको हो ।

सहकारी संस्था लि का भुप नारायण भगतले २०८१÷०८२ सम्ममा १९ करोड भन्दा बढी निक्षेप र ४३ लाख ७ हजार ८सय ८३ रुपैया खुद नाफा भएको जानकारी गराए । संस्थाले २५ औं बर्ष पार गरेको रजत जयतीको अवसरमा सहकारी गित र रजत स्मारिका किताव विमोचन गरीनुको साथै उत्कृष्ट ऋण तथा बचत कर्ताहरुलाई सम्मान गरेको थिए ।

संस्थाले सामाजिक क्रिर्याकलाप अन्र्तगत निःशुल्क आँखा शिविर, रतदान कार्यक्रम, अनाथ बालबालिकालाई सहयोग र मृतक परिवारका सदस्यलाई समेत राहात कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।

संस्थाका अध्यक्ष भगतले माघ देखी सेयर सदस्यलाई प्रविधि सँग जोड्नका लागि मोवाइल बैकिङ्ग,एस.एम.एस सेवा, मोबाइल रिचार्ज र इ–सेवा सञ्चालनमा आउने बताए ।
२०५७ सालमा ३१ जना मिलेर श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि स्थापना गरी हाल २०८१÷०८२ सम्म आउँदा २ हजार ९ सय ९७ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भगतले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, सहकारीका पदाधिकारी , संचारकर्मी,  लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो  ।