५२ बर्षदेखि राजनितिमा समर्पित भएर लागिपरेको छु ः गच्छदार

कार्तिक २५ गते ,सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विजय कुमार गच्छदनरले आफु ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु, त्यसैले जनताले मूल्यांकन गरिरहेको छ भनेर बताउनु भएको छ ।
शुक्रबार सुनसरीको बर्जु गाउँपालिका वडा नं –४ मा चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले उक्त कुरा बताएका हन् ।

गच्छदारले भने “ म ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु त्यसैले जनताले मूल्यांकन गरिरहेको छ ,र प्रत्येक चुनावमा जिताइरहेको छ ।”

अर्को प्रसंगमा गच्छदारले“आफनो छोरा ३ महिनाको हुँदा आफु प्रजान्त्रको बहालीको लागि ५ बर्ष नेकपा एकामाले कम्युनिष्ट पार्टीका नेता केपी शर्मा ओली संगै सेन्ट्रल जेलमा बसेको थिए ।” भनेर मतदाताहरुलाई भावुक बनाएका थिए ।
गच्छदारले आफु जेलमा हुँदा आफ्ना सन्तानहरुलाई मेरो श्रीमतीले पालण पोषण गरेको र संसारमा सबैभन्दा ठुलो नारी सक्ती भएको जिकिर गर्नुभयो ।

सुनसरी क्षेत्र नं–३ का जनताले आफुलाई पटपटक चुनाव जिताएको र पुनह यस पटक क्षेत्र नं–३ का मतदाताहरुले आफुलाई अत्याधिक मत दिएर विजय बनाउने कुरामा आफु पिश्वस्ता रहेको गच्छदारले बताए ।
त्यसै गरि सुनसरी क्षेत्र नं–३ (ख)का प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यालवले आफु यस समाजका लागि योगदान गर्दै आएको बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै यादवले सुनसरीको बर्जु गाउँपालिका वडा नं–४ मा १५ सैयाको अस्पताल निर्माणका लागि १६ कठा जग्गा दान दिएको र आगामी दिनहरुमा पनी यस क्षेत्रका जनताको हकहितका लागि आफु सत्तामा पुगे पनि नपुगेपनी सहयोग गर्ने बताउनु भयो । यादवले आफ्नो क्षेत्रका जनताहरुका लागि आफु कुनै पदमा नहुँदा पनि सेव कबनेर सेवा गर्दै आएकोले सुनसरी क्षेत्र नं–३(ख)का मतदाताहरुले आफुलाई भारी मतदान गरि विजय गराउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
चुनावी सभामा उम्मेदवारहरु पुगेपछि त्यहाँका मतदाताहरु निकै उत्साहित भएका थिए र पुनह एक पटक विजय कुमार गच्छदारलाई मतहालेर विजय बनाउने मतदाताहरुले बताउनुभयो ।

गच्छदार चुनावी सभालाई सम्बोधन गर्दैगर्दा गच्यदारको कुरासुनेर १ सय जना भन्दा बढील मानिसले अन्य पार्टी परित्याग गरि नेपाली कांग्रसमा प्रवेस गरेका थिए ।

चुनावी सभामा सुनसरी क्षेत्र नं–३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विजय कुमार गच्छदार, सुनसरी क्षेत्र नं–३(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादव,प्रदेश सभाकी समानुपातिक उम्मेदवार सुनिता गुरुङ राम,बर्जु गाउँपालिकाका निवर्तमान अध्यक्ष रघुनन्नदन चौधरी लगायतको आथित्यता रहेको थियो भने ५ सय भन्दा बढी मतदाताहरुको सहभागिता रहेको भियो ।