
पुस १४ गते । सुनसरीको इटहरी उपमहानगरपालिका–स्थित विपी चौकमा एक वृद्ध महिलाको हत्या भएको घटनामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर जिल्लाको दिङ्ला घर भएकी ५६ वर्षीया पविमाया बयलकोटीको आफ्नै ज्वाइँले गए राति हत्या गरेको पुष्टि भएको छ। परिवारका अनुसार पविमायालाई उनका ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
घटनापछि फरार रहेका आरोपी गणेश शाह गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुभाष हमालले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
