श्रीमान द्वारा श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगजानी

पुस ११ गते । सुनसरीको दुहबीमा श्रीमान द्वारा श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगजानी गरेका छन् ।


दुहबी नगरपालिका–३ बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीय श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगजानी गरेका हुन ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार घरायसी वादविवादका क्रममा मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएको छिमेकी र स्थानीयले घटनाबारे थाहा पाहुना साथ प्रहरीमा खबर गरेका थिए ।

आगोले जलेर गम्भीर भएकी ती महिलाको उपचारको लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
घाइतेको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।

आफ्नै श्रीमतीलाई जलाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।