नगर प्रहरी इन्चार्ज वीरेन्द्र थापा मगर पक्राउ

। मोरङको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाका भतिजा तथा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज वीरेन्द्र थापा मगर पक्राउ परेका छन् ।


विराट टिचिङ अस्पतालमा मादक पदार्थ सेवन (मापसे) गरी सुरक्षा गार्ड र प्रहरीमाथि नै हातपात गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्ष थापाका आफ्नै भाइका छोरा समेत रहेका मगरमाथि ‘अभद्र व्यवहार’ को कसुरमा मुद्दा चलाउन प्रहरीले म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
नगर प्रहरी इन्चार्ज मगरले मादक पदार्थ सेवन गरी विराट टिचिङ अस्पतालका सुरक्षा गार्डमाथि हातपात गरेका थिए । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा होहल्ला र कुटपिट हुन थालेपछि नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाको टोली पुगेको थियो ।

तर, मगरले सुरक्षामा खटिएका नेपाल प्रहरीका कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार उनले तत्कालीन समयमा मादक पदार्थ सेवन गरेको पुष्टि भएको डीएसपी चुँडालले भनिन् अस्पतालको सुरक्षा गार्ड र ड्युटीमा रहेका प्रहरीमाथि नै दुव्र्यवहार भएपछि नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा दुई दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

यसैबीच, बुढीगंगा गाउँपालिकाका सूचना अधिकारी विभुषण न्यौपानेले भने नगर प्रहरी इन्चार्ज मगरको पक्राउबारे आफूलाई जानकारी नभएको बताएका छन् । न्यौपानेले मगर बुधबारदेखि नै बिदामा बसेको जानकारी दिए ।हाम्रोमत