
काठमाडौ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका जिल्ला कार्य समितिहरुले धमाधम सम्भावित आकाँक्षी उम्मेदवारुको नाम काङ्ग्रेस केन्द्रीय कार्यालयमा पठाउन थालेका छन ।


यसैक्रममा रोल्पा जिल्ला कार्य समितिले पनि आकांक्षीकाे टिकट सिफारिस गरि केन्द्रमा पठाएइको छ । यसरी सिफारिस पठाएको नामहरुमा युवा पुस्ताका चर्चित नेता एवम नेपाली काङ्गेसका महामन्त्री गगन कुमार थापालाई विषेश प्राथिमकताका साथ पहिलो नम्वरमा सिफारिस गरिएको छ ।
महामन्त्री थापाको यस्तै सिफारिस अन्य स्थानहरुवाट पनि आइरहेकोले झण्डै आधा दर्जन पुगिसकेको अवस्था भए पनि सम्भवत उनी काठमाडौको चार नम्वर क्षेत्रबाटै निर्वाचन लड्ने तयारी गरिरहेका छन । रोल्पा जिल्ला कार्यसमितिले पठाएको सिफारिसमा नेपाली काङ्गेसका वर्तमान लुम्बिनी प्रदेस सभापति अमरसिह पुनलाई दोस्रो नम्वरमा सिफारिस गरि पठाएको छ ,पुन पार्टिको विशेष महाअधिवेसनका अभियानकर्ता मध्ये प्रदेस सभापति पनि हुन ।
त्यसैगरि तेस्रो नम्वरमा युवानेता एवम नेविसँघका पुर्व केन्द्रीय महामन्त्री , उपाध्यक्ष भइसकेका महासमिति सदस्य मनोजमणि आचार्यलाई जिल्ला कार्यसमितिले टिकट सिफारिस गरेको छ ।

आचार्य २०४७ सालवाट काङ्ग्रेस को भातृ सँघ नेपाल विध्धार्थि सँघ ,बालकला माध्यमिक विद्यालयकाे इकाई अध्यक्ष बाट नेपाली राजनीतिमा होमिएका हुन । उनी २०५२ सालतिरै नेपाल विद्यार्थी संघकाे रोल्पा जिल्ला अध्यक्ष , २०६२ सालमा नेविसँघका केन्द्रीय उपाध्यक्ष , २०६४ मा केन्द्रीय महामन्त्री हुँदै २०७३ मा नेपाल विद्यार्थी सँघको केन्दिय अध्यक्षका प्रतिस्पर्दी उम्मेदवार समेत रहेका थिए । २०६० सालमा भएको नेपाली काङ्गेसको दशौं महाअधिवेसनदेखि हालसम्म निरन्तर महासमिती सदस्य हुँदै हाल विशेष महाअधिवेसनका लागि देशव्यापी अभियानकर्ता मध्येका युवा नेता रोल्पा जिल्लाको सामाजिक र विकास निर्माण कार्यमा पनि निकै अगाडि देखिन्छन् ।
वर्तमान जेनजी पुस्ता र जेन वाइ पुस्तामा चर्चित रहेका कारण काङ्ग्रेसभित्रको राजनीतिमा पुस्तान्तरण र हस्तान्तरणको अभियानका महानायक गगनका एक सारथिका रुपमा नेपाली राजनीतिलाई अगाडि वढाई रहेका छन । नेपाली काङ्ग्रेस रोल्पा जिल्ला कार्य समितिले सिफारिस पठाएको मध्ये जिल्लाका चिरपरिचित नेताहरुमा ज्ञान वहादुर वली र ई. डा.मन्दिप सुवेदी पनि काङ्गेसका लागि हस्ति मानिन्छन ।
त्यसैगरि प्रतिनिधि सभा समानुपातिक तर्फ सिफारिस पठाएका नेताहरुमा भिमकुमारी वुढामगर , पुष्पा श्रेष्ठ , मानवहादुर खत्री र मनिकला राना समावेशी अनुहारलाई समानुपातिक निर्वाचन प्रणालीका लागि नाम सिफारिस गरी पठाएको छ भने राष्ट्रियसभा निर्वाचनका लागि माधवप्रसाद आचार्य र झक्कुप्रसाद घर्ती मगरलाई पठाईएको जिल्ला कार्यसमितिले जनाएको छ ।
