
सुनसरीको दुहवी नगरपालिका वडा नं.५ को वडा कार्यालय भवन समुद्घाटन गरिएको छ ।


दुहवी वडा नं.५ मा रहेको लुनकरण दास गंगादेवी च्यारिटी अस्पतालको भवनलाई सदुपयोग गर्दै आज दुहवी नगरपालिकाको नगर प्रमुख वेद नारायण गच्छदारको प्रमुख आथित्यतामा वडा कार्यालय भवनको समुद््घटन गरिएको हो ।
कार्यक्रममा दुहवी नगर प्रमुख वेद नारायण गच्छदारले दहवीको मुटु दुहवी बजार जब सम्म विकास हुँदैन तब सम्म समग्र दुहवीको विकास हुन नसकिने भन्ने धारणा राख्दै सडक खानेपानी लगायतका विकासको करोडौं बजेट रोकिएको अवस्था रहेको बताए ।

गच्छदारले बजारलाई रोनक प्रदान तथा व्यतिलाई समय बिताउनका लागि ईलाका प्रहरी छेउमा रहेका जग्गालाई आधुनिक पार्क बनाउने बताए ।कार्यक्रममा दुहवी नगरपालिकाका नगर उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्थानिय तह भए देखिनै नगरपालिकाको एउटै कोठा बाट जनताहरुले सेवा पाउदाँ निकै अप्ठ्याराका सामना गनु पर्ने भएकाले आज देखी वडा नं.५ का जनताले सहज र सरल रुपले सेवा पाउने बताइन् ।

खतिवडाले समयमा ठाउँ र विभिन्न किसिमका समस्याहरु नेपालमा आउँदा गरेको योजनाहरु समयमा गर्न नसेक पनि सवैको हिमतले सम्पन्न हुने धारणा राखिन् ।कार्यक्रममा सभा अध्यक्ष दुहवी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष रमेश कुमार रौनियरले २०७४ साल पहिलो स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएको त्यस दिन देखी एउटै कोठामा वडाका हरेक किसिमको कार्य गर्दा जनताहरुले निकै सास्ती खेपेको बताए ।
कार्यक्रममा दुहवी नगरपालिकाका जनप्रतिनिधिहरु, दुहवी नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत सुवर्ण घिमिरे, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाज सेवी बुद्धिजिवी लगायत स्थानिय बासीको उपस्थति रहेको थियो ।
