युवा पिढीलाई अवसर दिऔं ।

जेन–जी आन्दोलन पश्चात देशमा राजनीतिक परिवर्तनमा युवाहरुको माग उठेपनि पुरानै अनुहार राजनीतिकमा पुनः उदयको चर्चा बढ्दै गएकोमा आन्दोलनको भावना अनुरुप आभाष नभएको देखिन्छ ।

राजनैतिक परिवर्तन लगायतका मागका लागि जेन–जीले गरेको बलिदान सार्थक तुल्याउन पुरानो अनुहारलाई पन्छाई नयाँ अनुहारको उदय हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।

आन्दोलनले देशमा अमुल परिवर्तनका लागि जेन–जी पुस्ताले बगाएको रगत सार्थकतुल्य बनाउनका लागि युवा पिढीलाई विभिन्न राजनैतिक दलले अघि सार्नु पर्ने देखिन्छ ।
युवा पुस्ताले गरेको बलिदान संघर्ष गरेका कारण विभिन्न राजनितिक दलका पार्टी बनाएकाहरुले युवा पिढीलाई उपेक्षा गर्ने परिपाटी हावी भएको विभिन्न जिल्लामा देखिएको छ ।

यो परिपाटीका कारणले सुनसरी सहित धेरै जिल्लामा युवा पिढीहरु आगामी फागुनमा हुने आशन्न निर्वाचनमा नसमेटिने देखिन्छ ।
नेपालीहरु जँहा पनि चुनाव लड्न सकिन्छ तसर्थ एक ठाँउमा बसेर आफ्नो पक्षमा राम्रो ख्याति र जनमत लिन सक्ने हैसियत बनाएका युवाहरुलाई पाखा लगाउने कार्य विभिन्न राजनीतिक पार्टीमा देखिएको छ ।

पुराना अनुहारहरुलाई पुनः अवसर दिँदा विभिनन पार्टी भित्रमा नरमाइलो भएको गुनासो जनमानसमा चर्चाको विषय चुलिएको पाइन्छ ।

यो संस्कार धेरै राजनीतिक दलमा हावी रहेकोले उम्मेदवार बन्न र स्वार्थपूर्तिका लागि मात्रै पार्टी परिवर्तन गर्ने भगौडाहरुलाई नै दलहरुले पनि प्रोत्साहन गरेको देखिएको छ ।
चुनावमा निर्वाचित वा पराजित हुने कुरा एकातिर तर पार्टीहरुले असल र नेतृत्व गर्न सक्ने युवा पिढी क्रियाशिलहरुलाई स्थान नदिँदा र मुल्याकंन नहुँदा विभिन्न रानीतिक दलमा आगामी फागुनमा हुने आशन्न निर्वाचनमा ठूलो समस्या उब्जिने देखिन्छ ।