
। सुनसरीको दुहवीबाट लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका चार जनालाई प्रहरीले हिरासतभित्रै यातना दिएको अभिभावकले आरोप लगाएका छन् ।

मंसिर १० गते जिल्लाको दुहवी नगरपालिका वडा नं.१० सिमरीया जगुवा चोकबाट लागू औषध ब्राउन सुगर सहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दुहवी हिरासत भित्रै आरोप कलोब गर्न भन्दै कुटपीट गरेको अभिभावकहरुले दावी गरेका छन् ।
पक्राउ परेका भारतको बिहार राज्य सुपोल थाना बलुवा बजार वडा नं.५ का १६ वर्षीय गौरव झाका बुवाले ईनरुवामा पत्रकार सम्मेलन गरेर सात दिन अघि स्थानीय मुस्कान होटल खाजा घर भित्रबाट भारतको बिहार राज्य सुपोल थाना बलुवा बजार वडा नं.५ का १८ वर्षीय महमद हैदर, सोही ठाउँ वडा नं.१ का २६ वर्षिय सिन्टु कुमार पासमान, २८ वर्षीय सुमित कुमार पासमान र गौरव झालाई ब्राउन सुगर दिएर फसाएर पक्राउ गरेको यातना दिएको आरोप लगाउनुभएको छ ।
अर्का अभिभाव रजावुल मंसुरीले आफूहरुको छोरालाई दुहवी ४ का टक्लु भन्ने मौला मियाँले फकाएर ल्याएको र फसाएको त्यसमा प्रहरीलाई गुम्राहामा पारेर यातनासम्मको घटना भएको दावी गर्नुभयो । मंसुरीले आफ्नो घरको गरगहना र सुन समेत टक्लाले ल्याउन लगाएर पचाउने उदेश्यका साथ ब्राउन सुगरमा फसाएको समेत दावी गर्नुभयो ।
प्रहरीले कसैलाई कुटपीट र यातना नदिएको तर ब्राउन सुगर सहित चार जना पक्राउ परेको र अनुसंधानमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने क्रममा यातना दिएको पीडितका अभिभावकले लगाएको आरोप निराधार रहेको र यातना कुटपीट नभएको प्रहरी उपरीक्षक केशव कुमार थेवेले प्रतिकृया दिनुभयो ।
यसबारेका घटना विवरण यस्तो छ ः दुहवीको मुस्कान होटलमा लागू औषध ओसारपसार तथा कारोवार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा शंकास्पद चिज बस्तुको पोकाहरु फाली भाग्न खोज्दा उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
शंकास्पद पोकाहरु खोजी गर्ने क्रममा सेतो प्लाष्टिकमा दुई वटा पोकाहरुमा लागू औषध ब्राउन सुगर सात सय चालिस मिलिग्राम ग्राम, प्लाष्टिक बाहेक पाच सय मिलिग्राम ग्राम र प्लाष्टिक सहित १०.८६ ग्राम फेला परेको थियो । । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य सुपोल थाना बलुवा बजार वडा नं.५ का १८ वर्षीय महमद हैदर, सोही ठाउँ वडा नं.१ का २६ वर्षिय सिन्टु कुमार पासमान, २८ वर्षीय सुमित कुमार पासमान र गौरव झा रहेको छ ।
लागू औषध ब्राउन सुगर सहित चारैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो ।
