
भाद्र २४ । प्रर्दशनकारीहरुले इनरुवा नगरपालिकामा तोडफोड गरेका छन् ।

विहानै देखी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले नगरपालिका भित्र प्रवेश गरी तोडफोड गरेका हुन ।
इनरुवाको चौकमा भेला भएका प्रर्दशनकारी नगरपालिका पुगेका थिए ।
यता सुनसरीको दुहबी,बर्जु,गढी,रामधुनी,हरिनगर,कोशी,ईटहरी,बराहक्षेत्र लगायतका शहरहरुमा पनि प्रर्दशन भईरहेको छ । उनीहरुको प्रदर्शनमा विभिन्न क्षेत्रका अगुवाहरुले पनि साथ दिएका छन् ।