लागु औषध दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका हुनुपर्ने मुख्यमन्त्री ः कार्की

असार १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका हुनुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र फ्यान जिल्ला कार्य सम्पादन समितिले बिहिवार इनरुवामा आयोजना गरेको प्रभातफेरी तथा लागु ओैषध दुव्यर्सन नियन्त्रणमा प्रहरी र समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

देशको विकास, समृद्धि र सुशासनको बाधकाको रुपमा रहेको लागु ओैषध दुव्यर्सन नियन्त्रणमा सबैको भुमिका र दायित्व रहेकाले सोही अनुसारले व्यक्ति, परिवार र समाजमा सबैले आ आफ्नो ठाउँबाट योगदान गर्न जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेशको विभिन्न जिल्लामा अभियानका रुपमा अबको युद्ध दुव्र्यसन विरुद्ध कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।
। उहाँले गाउँ, नगरको वडालाई क्रमशः लागु ओैषध दुव्यर्सन मुक्त घोषणा गर्दै जाने अभियानमा प्रदेश सरकार रहेको बताउनुभयो । उहााले समयमा लागु औषध दुव्र्यसन नियन्त्रणमा ध्यान नदिएको खण्डमा यसले विकराल अवस्था ल्याउउने भएकाले समयमा नै सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भणडरीले लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहित विभिन्न कार्यक्रम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनले लागु औषध, यसले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता बृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौती लगायतका विषयमा जानकारी दिनभएको थियो । उहाँका अनुसार खासगरी घरपरिबारबाट प्रभावित भएर बालबालिका, किशोर किशोरी अवस्थाकाले लागु औषधको सेवन गर्ने गरेको पाईएकाले उनीहरुलाई विद्यालय तहबाट दुव्र्यसनबाट जोगाउन अभियान थालेको बताउनुभयो ।

सामाजिक संञ्जालको पहुँचले पनि लागु औषध क्रेता र बिक्रेताहरुले एक आपसमा कुराकानी गरी लुकाएरै भएपनि ओसार पोसार गर्ने गरेकोले अभियानबाट सचेतना फैलाउने काम थालेको उहाँको भनाई छ ।
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी इश्वर कार्कीले समाजको सत्रुको रुपमा रहेको लागु औषधको सेवन तथा दुव्र्यसनलाई कम गर्ने प्रयासमा सबै लाग्नुपर्ने बताउनुभयो ।
यस्तै, वत्ताहरुले नितीगत र कानुनी ब्यवस्था ब्यवस्था अनुसार अगाडी बढाउने, तीन ओटै सरकारको तर्फबाट पनि मुख्य नितीहरु बनाई नियन्त्रण गर्ने लागु औषध दुरुपयोग नियन्त्रणमा जिल्लाहरुमा समिती बनाउने र निश्चित बजेट समेत निर्माण गरिएकोमा त्यसको कार्यन्वयनमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी इश्वर कार्कीले गर्नुभएको थियो भने प्रमुख अथिती कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की रहनुभएको थियो । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी इनरुवा नगरपालिका–३ स्थित ओम साइराम पार्टी प्यालेसमा कोण सभा तथा लागु पदार्थ तथा तस्करी विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तरकृया समेत गरेको छ ।

आयोजित लागु ओैषध दुव्यर्सन नियन्त्रणमा प्रहरी र समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्की, सहित कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, रामप्रसाद मेहता र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिन, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, इनरुवा नगरपालिकाकाका नगरप्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, गढीका अध्यक्ष आशनारायण चौधरी, धरानका उपप्रमुख आईद्र विक्रम बेघा, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाँ बिद्यालयका प्रधानाध्यापक, बिधार्थीहरु, बुद्धिजिवी, पत्रकार र स्थानिय लगायतको उपस्थिती रहेको थियो ।