
जेठ ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवरुद्ध संसद आज शुक्रबार देखी खुल्ने बताएका छन् ।
सुनसरीको इटहरीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क)ले आयोजना गरेको संगठन संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसद खुलाउन प्रमुख दलहरु बीच सहमति भइसकेको बताएका हुन् ।
आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । उहाँ तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आउनुभएको हो ।
त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गर्नुभयो ।
उहाँले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताउनुभयो ।
उनले संसद किन खुल्यो भन्ने बारेमा भिडियो सन्देश मार्फत जानकारी दिने पनि बताएका छन् ।