जनताका आधारभूत सेवा प्रवाह गर्न दुहबी वडा नं १ मा प्रशासनिक भवन सञ्चालनमा

वैशाख ३१ गते । सुनसरीको दुहबी नगरपालिका वडा नं १ मा जनताका आधारभूत सेवा प्रवाह गर्न सुविधासम्पन्न आफ्नै भवन सञ्चालनमा आएको छ ।

आज बुधबार दुहवी नगर प्रमुख वेद नारायण गच्दारले एक कार्यक्रमका बीच सुविधासम्पन्न नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो ।


साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले भवन अभावमा कोचिएर जोखिमपूर्ण काम गर्दै सेवा प्रवाह भईरहेकोमा आफ्नै भवन निर्माण भएपछि सहज हुने नगर प्रमुख गच्दारको भनाई रहेको थियो ।
दुहवी नगर प्रमुख गच्दारलले भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताउनुभयो । साथै उहाँले वडाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख गच्दारले सुभकामना मन्तब्यको क्रममा नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभएको थियो ।

भवन उद्घाटन पछि बोल्दै नगर प्रमुख गच्छादारले ३ तहको सरकार मध्य स्थानिय सरकार जनताको नजिकको पहुँच रहेको र हरेक जनसेवाहरु वडा कार्यलय मार्फत सहज प्रवाह गर्न आफ्नै वडामा प्रशासनिक भवनको अपरिहार्यता महशुस गरी १२ वटै वडामा वडा कार्यलयहरु निर्माण गरिएको बताए ।

जनताको आवस्यकतालाइ मध्यनजर गरी १२ वटै वडामा स्वास्थ्य चौकी, जिर्ण बिद्यालय भवनको मर्मत तथा पुनर्निमाण, समेत गरिएको बताउदै उनले दुहबी नगरपालीकाले समृद्द पालिका निर्माण अभियानका लागी कृषक लाइ ब्यावसायिकतामा बदल्न एग्रो प्रोसेसिङ सेन्टर, फोहोर ब्यावस्थापन केन्द्र, खेलकुद प्रवर्धन गर्न रंगशाला, स्वास्थ्यमा पहुँचपुराउन नगर अस्पताल, साप्ताहिक हाटबजार, सपिङ्ग कम्प्लेक्स, कोल्ड्स्टोर लगायत बहु आयामिक प्रोजेक्ट हरु अगाडि सारेको जनाए ।

उनले मानवीय बिकास नभए सम्म भौतिक बिकासले पुर्णता नपाउने भन्दै प्राबिधिक धारमा समेत सयौँ बिद्यार्थीलाइ छात्रा बृतिमा पढाइ सन्चालन ,पढ्दै कमाउदै का लागी औद्योगिक प्रशिक्षार्थी,१० महिने ब्यावसायिक सिप बिकास, ३ बर्षे डिप्लोमा,लघु उद्यम मार्फत स्वरोजगार र आर्थलागी कबिकास र सिप समेतका लागी नरपालिकाले करोडौ रकम खर्चिएर दक्ष जनशक्ति उत्पादन गरिसकेको बताएका छन ।

 


कार्यक्रमका बीच दुहबी नगरपालिकाका उपमेयर मेनुका खतीवडाले दुहबीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर भवन निर्माण गरिनु उदाहरणीय कार्य भएको बताए ।

उपमेयर खतीवडाले भवन बनेर मात्र पालिकाको विकास नहुने भन्दै नागरिकलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न समेत उनको आग्रह थियो ।

वडा नम्बर १ का अध्यक्ष अजुल हुसैनले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दैआएको वार्डले अव सेवा प्रवाहलाई थप चुस्त तथा सहजरुपमा सञ्चालन गर्ने बताए ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रम वडा नं १ का अध्यक्ष अजुल हुसैनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  सम्पन्न भएको कार्यक्रममा वडा नं १ देखि १२ का वडा अध्यक्ष ,नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवी,साथै सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।