
वैशाख १० गते । सुनसरिको दुहबी नगरपालीकाको नगरक्षेत्रमा महिलाहरुमा हुने क्यान्सर रोगको एकिकृत स्कृनिङ स्वास्थ्य सिबिर सुरु भएको छ ।
सुनसरिको दुहबी नगरपालीका स्वास्थ्य शाखाको आयोजना र ऋऋक्ए करुणा फाउन्डेशन नेपालको सहयोगमा दुहबी नगरक्षेत्रमा बिभिन्न वडागत आधारभुत स्वास्थ्य केन्द्रमा आज बुधबार देखि एकिकृत प्रजनन स्वास्थ्य स्कृनिङ शिवीर सुरु भएको हो ।
उक्त स्कृनिङ सिबिर दुहबि४ आधारभुत स्वास्थ्य केन्द्र बाट थालनी गरिएको दुहबी नगरपालिका स्वास्थ्य शाखाका नर्सिंग फोकल पर्सन पिंकी भगतले जानकारी दिनुभयो ।
महिलामा हुनेगरेको आङ खस्ने,स्तन क्यान्सर,पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला, बाझोपन लगायत समस्याको पहिचान, उपचार र निवारण गर्ने उदेश्यले दुहबि नगरपालिकाले उक्त शिबिर संचालनमा ल्याएको दुहबी नगर उप प्रमुख मेनुका पोखरेल खतिवडाले बताइनृ ।
शिविर शुभारम्भ गर्दै दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित चेकजाँच गराउन आग्रह गर्नुभएको छ ।
ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु हुदै दुहबी नगर उपप्रमुख खतीवडाले भौतिक पुर्वाधार निर्माणको काम सगै जनस्वास्थ्यको समेत सुलभ स्वास्थ्य सेवा प्रवाह गरिने बताइन् ।
क्यान्सर हुनु भन्दा अघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर उपप्रमुख खतिवडाले नगरबासीको सहजताका लागि ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
स्वास्थ्य शाखाका फोकल पर्सन पिंकी भगतले महिलाहरुले लाज मानेर आफ्ना समस्या खुलेर नभन्ने प्रबृत्ति रहेको बताउँदै महिलाहरुलाई निर्धक्कका साथ आफ्नो पाठेघर परीक्षण गराई स्वास्थ्य अवस्थाका बारेमा बेलेमा जानकार रहन आग्रह गर्नुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख बिन्देस्वर महतोले समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना भइरहेकाले मौकाको ताभ लिन आग्रह गर्नुभयो ।
महतोले क्यान्सर ’पोजिटिभ देखिएमा अस्पतालमा रेफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताउनुभयो । साथै उहाँले क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने बताउनुभयो ।
पाठेघर मुखको क्यान्सर सुरुवाती चरणमै उपचार पाउदा सत प्रतिसत निको हुने बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका बरिष्ट स्त्री तथा प्रशुतिरोग बिषेशेज्ञ डा सुर्य प्रसाद रिमालले बताए । डा.रिमालले महिलाहरुले आफ्नो पाठेघरको अवस्थामा बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिनुभयो ।
अघिल्लो बर्ष दुहबी नगरपालीकाले सन्चालन गरेको स्कृनिङ शिवीर बाट ७ सय २१ जनाले सेवा लिएकोमा १६ जना संक्रमित र २ जनाको घाउ समेत पाइएको थियो । हाल संक्रमितहरुले निशुल्क उपचार लिदै सुधारात्मक अबस्थामा रहेको दुहबी नगरपालिका स्वास्थ्य शाखाले जनाएक छन् ।
आयोजित सिबिरमा प्रमुख अतिथि दुहबि नगर उपप्रमुख मेनुका पोखरेल खतिवडा,बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका बरिष्ट स्त्री तथा प्रशुतिरोग बिषेशेज्ञ डा. सुर्य प्रसाद रिमाल ,करुना फाउन्डेशनका प्रतिनिधि,स्वास्थ्य शाखा दुहबिका प्रमुख बिन्देस्वर प्रसाद महतो,फोकल पर्सन उचित नारायण शाह, स्वास्थ्य शाखाका नर्सिंग फोकल पर्सन पिंकी भगत लगाएतको उपस्थित रहेको थियो ।