
वैशाख ६ गते । सुनसरीमा नेकपा एमालेले आफ्नो जरा अभियान अन्तर्गत १०५ वर्षीय जेष्ठ नागरिक लगायतलाई सम्मान गरेको छ ।
इनरुवा नगरपालिका ५ बलाहामा सम्पन्न भएको कार्यक्रममा १०५ वर्षिय कृष्णमाया देवी कोईराला लगायत ८० बर्ष भन्दा माथि उमेर समूहका ६८ जना जेष्ठ नागरिकहरुलाई जरा अभियान अन्तर्गत सम्मान गरिएको हो ।
पार्टीमा योगदना गरेको लामो अनुभव भएका जिउदो इतिहास रहनुभएका जेष्ठ नागरिकलाई सम्मान गरेको जनाएको छ । कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा (एमाले), कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा –५, बलाहामा जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिनुभयो ।
उहाँले सुनसरीको शिक्षामा बढी बलाहाका जनसमुदाय अगााडि रहेको र शिक्षित वर्ष तथा उच्चस्तरीय बसोबास गर्ने स्थान तथा कम्युनिस्ट आन्दोलनको उर्वर भुमि रहेकाले सम्मान गरेको बताउनुभयो । उहाँले अभियानको सन्दर्भमा यहाँ काम गर्न पाउँदा आफुलाई अत्यन्तै गर्व महसुस भएको बताउनुभयो । उहाँले यो अभियानमा सबै टोल कमिटीहरु, महत्त्वपूर्ण जनसंगठनहरुको निर्माण, सत प्रतिशत संगठित सदस्यता नविकरण, नयाँ सदस्यता उत्साहजनक बिस्तार भएको बताउनुभयो ।
उता सुनसरी सदरमुकाम इनरुवामा नेकपा(एमाले),इनरुवा नगरपालिका–५ नं. वडा कमिटीको आयोजनामा “नव बर्ष –२०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान एवम् वडा(जरा) केन्द्रित अभियान समापन समारोह कार्यक्रम सम्पन्न भएको हो । वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेल अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आतिथित्यतामा कार्यक्रम सम्पन्न भएको वडाका उपाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख अथिति आचार्यले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै युवा लक्षित बजेट निर्माणमा यो सरकारको ध्यान जानुपर्ने र देश भित्रै युवालाई रोजगारीको सृजना गर्न ध्यान जानु पर्नेमा जोड दिनुभयो । स्वदेशमा रोजगार भएको खण्डमा त्यसले वैदेशिक पलायन कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा आचार्यले एमाले सधैंभरी जेष्ठ नागरिकहरुलाई सम्मान र सहयोग प्रदान गर्दै आईरहेको बताउनुभयो । फरक प्रसंगमा पूर्व पर्यटन मन्त्री समेत रहनुभएका प्रमुख अथिति आचार्यले दुहबी इनरुवा सडक चार लाईनको बनाउन अत्यन्तै संबेदनसिल र यसलाई आफू मुख्यमन्त्री हुँदै देखि डीजाईन स्टेनमेन्ट गरि ठेक्का लगाउन लागीपरेका बताउनुभयो । उहाँले प्रदेश सरकारसंग निरन्तर कुराकानी गरीरहेको समेत बताउनुभयो । अथिति पार्टीका ईन्चार्ज जगदीश कुसियैतले ईनरुवा–५ मा जरा केन्द्रित अभियान आफ्नो मुलःउदेश्य पुरा गर्न सफल भएको आफुलाई महसुस भएको बताउनुभयो । नेपालको लोकतान्त्रिक ब्यबस्था मजबुत बनाउन हाम्रो पार्टी जनताको बीचमा निरन्तर लागि रहेको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा( एमाले) केन्द्रिय सदस्य एवम् सुनसरी इन्चार्ज जगदीश कुसियत , कोशी प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, लोकेश निरौला, राम प्रसाद मेहेता, कालुराम गुरुङ, राज कुमार दङ्गाल, सुनसरी का.वा.अध्यक्ष पर्शुराम यादव सहित ईनरुवा नगर भित्रका जिल्ला सदस्यहरु, विभिन्न जनसंगठनका नेताहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
अभियानको क्रममा बिकास निर्माण र विभिन्न जनसरोकारका बिषयमा बृहत छलफल र समाधानको प्रयत्न भई स्थानीय तहमा पार्टीको सवलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न यो अभियानको सफल भएको दावी गरेको छ । यसैक्रममा सोही अभियान अन्तर्गत रामधुनी नगरपालिका क्षेत्रमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, केन्द्रिय सदस्य जगदीश कुसियैत, प्रदेश कमिटी सदस्य एवम् जरा अभियानको प्रमुख अभियन्ता लोकेश निरौला, जिल्ला का.वा अध्यक्ष पर्शुराम यादव, नगर कमिटी अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।