
सुनसरीको गढी गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालय बन्द हुदा सेवाग्राही मर्कामा परेका छन् ।
आज शुक्रबार बिहानै देखि ३ नम्बर वडा कार्यालयका अध्यक्ष कुशेस्वर यादव र सम्पूर्ण कर्माचारी कार्यालयमा नहुदा सेवाग्राही मर्कामा परेका हुन् ।
वडा नम्वर ३ को वडा कार्यालयमा कार्यरत वडा सचिब लिलानाथ कोइराला समेत कार्यालयमा नहुदा सेवा लिन आएका स्थानिय सेवाग्राही मंजु मेहता आफुले दुख भोग्नुपरेको बताइन् ।
जनप्रतिनिधि ,सचिव अन्य कर्मचारी नहुदा गढी ३ नम्बर वडा कार्यालय बन्द अबस्थामा भेटिएको हो । वडा कार्यालयमा सेवा लिन आउने नागरिक सेवा नलिएरै फर्किएको स्थानीय सजिला चौधरीले बताउनुभयो ।
वडा नम्बर ३ को कार्यालयबाट सेवा दिने गरेको भएपनि प्रभावकारी हुन नसकेको स्थानियबासीको भनाइ रहिआएको छ । यस्तै वडा अध्यक्ष कुशेस्वर यादव पनि बिदामा हुँदा वडा कार्यालय नै ताला बन्द छ ।स्थानिय हरुका अनुसार दैनिकी जसो वडा अध्यक्ष दिउसो ११ -१२ बजे कार्यालयमा आउने २ बजे जाने गरेको बताए ।कार्यालयमा नियमित रुपमा कर्मचारी र वडा अध्यक्ष नआउदा नागरिकताको सिफारिस पत्रमा हस्ताक्षर गर्न नसकिएर एउटा नागरिकताकै लागि सेवाग्राही तीन दिनदेखि पाँच दिनसम्म धाउनुपरेको स्थानीयको आरोप रहेको छ।
सोहि सम्बन्धमा गढी गाउँपालिकाका प्रमुख प्रसाकीय अधिकृत दिलबहादुर खड्का संग जानकारी लिदा सो सम्बन्धमा बुझेर बताउने जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ ।