दुहबी टाईम्सका संचालक यादव जेसीजद्वारा सम्मानित

चैत २३ गते । सुनसरीको दुहबीमा दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका दुहबी टाईम्सका संचालक आशिष कुमार यादव सम्मानित हुनुभएको छ ।

शनिवार दुहबी जेसिसद्वारा आयोजना गरिएको दुहबी रन प्रतियोगिताको समापन कार्यक्रममा सम्मान–पत्र सहित दुहबी टाईम्सका संचालक यादव सम्मानित हुनुभएको हो ।

दुहवी जेसीज बर्ष २०२५ को Leading is Our Duty भन्ने प्रकरणलाई सार्थक एवम् परिणाममुखी बनाउन यादवले पुर्याउनु भएको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको मिति २०८१ साल मंसीर २८ गते सम्पन्न निर्वाचनमा प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरेको जनाएको छ ।

आशिष कुमार यादव महासंघको कोशी कार्यसमिति सदस्य पदमा निर्वाचित हुनु भएकोमा दुहवी जेसीज परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

जेसिजले पत्रकारीताको क्षेत्रबाट समाजलाई सूचनाको हक र नागरिक स्वतन्त्रताका लागि पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै स–धन्यवाद सम्मान–पत्र प्रदान गरेको जनाएको छ । जेसिजले सम्मान पत्रमा भनिएको छ, “तपाईको पत्रकारीता जीवन अझ ऐतिहासिक बनोस् भन्दै उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।” दुहबी जेसीजद्वारा सम्मानित यादवलाई दुहबी जेसीज अध्यक्ष जेसी कृष्ण कुमार चौधरी र प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेदनारायाण गच्छदारले सम्मान गर्नुभएको थियो ।

चौथो संसकरणको दुहवी रन प्रतियोगितामा पुरुष तर्फ ८ किलोमिटर दौड र महिलातर्फ ८ किलोमिटर दौड र दुहवी भरीका १० वर्ष मुनिका बालबालिका महिला र पुरुष सहित गरी ४ वटा विधामा प्रतियोगिता आयोजना गरिएको दुहवी जेसीस वर्ष २०२४ का अध्यक्ष कृष्ण चौधरीले बताए ।


प्रतियोगिता अन्तर्गत पुरुष तर्फ खुला ८ किलोमिटर दौडमा सुशिल साही, सुदीप लिम्बु र अभिराज राई क्रमश प्रथम द्धितीय र तृतिय भएका थिए । विजेतालाई क्रमश नगद रु १५ हजार ५ सय ,११ हजार ५ सय र ७ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी महिला तर्फ ८ किलोमिटर दौडमा सर्मिला आले, रजनी श्रेष्ठ र निकी नेम्बाङ क्रमश प्रथम द्धितिय र तृतिय भएका थिइन् । उनीहरुले क्रमश नगद रु १५ हजार ५ सय ,११हजार ५ सय र ७ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी दुहवी भरीका १० वर्ष मुनिका बालबालीकाको दौडमा अल्ताप आलम,अंशु मंण्डल र पुष्कर भण्डारी बालक तर्फबाट क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए , भने बालिका तर्फबाट स्नेहा प्रबिन, श्रद्धा भट्टराई र आयुष्मा चौधरी क्रमश प्रथम द्धितिय र तृतिय भईन उनीहरुलाई नगद पुरस्कार ,मेडलले सम्मना गरिएको उक्त पुरस्कार दुहबी टाईम्सका संचालक आशिष कुमार यादवले संयोजन गर्नु भएको कार्यक्रम संयोजक संकर मण्डलले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी रहेका दुहवी नगरपालीकाका नगर प्रमुख वेद नारायण गच्छदारले दुहवी खेलकुद क्षेत्रको उर्वर भुमी रहेको बताउँदै, नगरपालीकाले हरेक खेल क्षेत्रलाई अगाडी बढाउँदै गई रहेको बताए ।

नगर प्रमुख गच्छदारले समाजमा अहिलेका युवाहरु बिकृति, बिसंगति, कुलत जस्ता विकृतिमा लाग्दै गएको हुँनाले त्यसता विकृतिलाई निमूर्ल पार्नका लागि जेसीजले दौड माध्यमबाट समाज रहेका युवाहरु सहि दिशा निर्देशन गरेकोमा धन्यावद व्यक्त गरेका थिए । उँहाले अझ समाज रुपान्तरण कार्यमा लाग्न सुझाव दिदंै नगरपालिकाको साथ सहयोग जारि रहने बताए ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाकाका पदाधिकारीहरु, समाज सेवी बुद्धिजिवी, सुरक्षाकर्मी लगायत प्रतिओगिताका खेलाडीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।