दुहवी जेसिजको आयोजना चौथो संस्करणको म्याराथन प्रतियोगिता हुने

। दुहवी जेसिजको आयोजना चौथो संस्करणको म्याराथन प्रतियोगिता दुहवीमा यहि चैत्र २३ गते सनिबार आयोजना गर्ने भएको छ ।

रन फोर हेल्थ भन्ने नाराका साथ जनचेतना जोगाउने उद्धेश्यले दुहबी जेसिजले चौथो म्याराथन दौड प्रतियोगिताको आयोजना गर्नेपत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । श्री सरस्वती मा।बि।को खेल मैदानमा हुने दुहबी रनमा ३०० जना सहभागी हुने पुरुष र महिला विधा तर्फ प्रथम हुनेले नगद १५ हजार ५ सय तथा मेडल प्राप्त गर्नेछन् क्रमशः दोस्रो र तेस्रो हुनेले ११ हजार ५ सय र ७ हजार ५ सय नगद तथा मेडल प्राप्त गर्ने छ ।

यसै गरि दस बर्ष मुनिका बालबालिका २ सय मिटर दोड़ तर्फबाट प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय तथा मेडल प्राप्त गर्ने र सो पुरस्कार दुहबी टाईम्सले प्रायोजन गर्ने दुहबी जेसिजका अध्यक्ष कृष्ण चौधरीले बताए ।

म्याराथनमा सहभागि मध्ये खुल्ला तर्फ प्रथम, द्धितीय र तेस्रो हुनेलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।उक्त प्रतियोगितामा दुहबी नगरपालिकाको २ लाख बजेटबाट संचालन हुने दुहबी रनमा मुख्य प्रायोजक तथा विभिन्न संघ संस्थाबाट १ लाख ६० हजार संकलन गरिने तथा सहभागी पुरुष महिलाहरुबाट ३०० र बालबालिकाहरुबाट १ सय लिइने आयोजकले जनाएको छ ।

दुहवी जेसीजका अध्यक्ष कृष्ण चौधरीका अनुसार म्याराथनलाई मानव स्वास्थ्यसँग जोडेर चेतना अभिवृद्धि गराउने , स्वास्थ्य सम्वन्धी नागरिकलाई सजग गराउने, जीवनशैली , खानपिन र तनावले शरिरमा पर्ने असर बारे जानकारी गराउने र बिभिन्न संघ संस्था , निकाय , बुद्धिजीवी, बिच समुधुर एकताको वातावरण बनाउने उद्धेश्यका साथ म्याराथन आयोजना गर्न लागिएको हो ।