मारवाडी युवा मञ्च दुहबी अध्यक्षमा मिलनकुमार मालु

गते । मारवाडी युवा मंच दुहबी अध्यक्षमा मिलनकुमार मालु चयन भएको छ ।

मञ्चको सातौं साधारण सभाबाट मिलनकुमार मालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको नि–वर्तमान अध्यक्ष कमलेश कुमार मुन्धडाका अनुसार मिलनकुमार मालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।

नि–वर्तमान अध्यक्ष मुन्धडाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना समेत दिएका थिए ।

नि–वर्तमान अध्यक्ष मुन्धडाले संस्थाका नयाँ कार्यसमितिले सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यहरूमा निरन्तर योगदान पुर्याउनेमा आफु पूर्ण विश्वस्त रहेको बताए ।

नयाँ कार्यसमिति पदाधिकारीहरुमा मिलनकुमार मालु अध्यक्ष, संजिव अग्रवाल वरिष्ट उपाध्यक्ष, गजानन्द डागा उपाध्यक्ष, हेमन्त अग्रवाल उपाध्यक्ष, ईश्वर अग्रवाल उपाध्यक्ष, हेमन्त बंशल महासचिव, प्रितम मित्तल कोषाध्यक्ष, पियुस अग्रवाल सह–कोषाध्यक्ष, गौरव अग्रवाल सह–सचिव, आयुष अग्रवाल कोषबृदी संयोजक, पुकेश मालु संगठन सचिव, तरुण अग्रवाल खेलकुद संयोजक, प्रथम मालु प्रचार प्रसार सचिव, सल्लाहकारहरुमा नरसिंह अग्रवाल राजेश मुन्धडा, पप्पु अग्रवाल, कमलेश कुमार मुन्धडा, बजरंग लाल डागा चयन भएका छन् ।