देशको पर्यावरण बचाउन र चुरे संरक्षण आवश्यक यादव

। नेपालका प्रमथ राष्ट्रपति डा.रामवरण यादवले देशको पर्यावरण बचाउन र चुरे संरक्षण आवश्यक रहेको बताउनु भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार उज्ज्वल सुनसरीको आयोजनामा अभिनन्दन तथा सम्मान समारोह कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

यादवले देशको परिवर्तन ल्याउनमा आफ्नो मात्रै नभई देशका सम्पूर्ण सारभौम जनताको भुमिका रहेकाले कसैले चाहदैमा अर्को व्यवस्था आउने कुरा दिवा सपना मात्रै हुने टिप्पणी गर्नुभयो ।

पूर्व राजा ज्ञानेन्द्र साहले दिएको अभिव्यक्ति र केही गतिविधिहरु प्रति लक्षित गर्दै यादवले जनताको त्याग, बलिदानी र सर्घषबाट प्राप्त भएको लोकतन्त्रलाई टिकाउन र दिगो बनाउन सबैको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

अन्ध्यारोलाई चिर्दै उज्यालो तर्फ मुल नारा सहित इनरुवा स्थापना र सरकारी कार्यालयका लागि जग्गादाताहरुलाई सम्मान गर्न अभिनन्दन तथा सम्मान समारोह कार्यक्रममा यादवले सो कुरा बताउनुभएको हो ।

यसैबीच नेपालका प्रमथ राष्ट्रपति डा. रामवरण यादवलाई उज्ज्वल सुनसरी सहित इनरुवाबासीहरुले अभिनन्दन गरेका छन् । उज्ज्वल सुनसरीका केदारप्रसाद पोखरेलले सबै नकारात्मक र अन्ध्यारोलाई चिर्दै उज्यालो तर्फ लम्किन सन्देश दिने उदेश्यले ४० जनालाई सम्मान गरेको बताउनुभयो । इनरुवा १ का समाजसेवी स्व.विश्वरमण पोखरेल (नानी बाबु),चिकित्साको क्षेत्रमा योगदान गर्नुभएको स्व. डा. सोमन्तराज बस्नेत सहितको परिवारलाई सम्मान गरेको छ ।

आर्गनिक कृषि एवम प्राकृतिक जीवन पदातीको क्षेत्रमा योगदान गर्ने रामधुनीका केदार पोखरेललाई समेत सम्मान गरेको छ । जिल्ला विकास समिति निर्माणका लागि सहयोग गर्नुभएको स्व. सभापति यादव, स्व. श्याम लाल मिश्र , इनरुवा ४ का स्व. गोसाई दास ,स्व.रामजी दास महतो,स्व.श्रीप्रसाद भण्डारी,अच्युत खतिवडा,स्व.सखीमहमद,डा.जितनप्रसाद मेहता,स्व.डा.केशरीराज कोइरालाका परिवारलाई सम्मानित गरेको जनाएको छ ।

त्यसैगरी जिल्ला अस्पतालमा जग्गादान गर्ने गोपाल कोइरालालाई पनि सम्मान गरेको जनाएको छ । स्व. मोहन लाल राठी,स्व. रतिलाल पौदार,स्व.मानकी पण्डित,स्व.पं.टंकनाथ दुगना,स्व.शेखरनाथ निरौला,स्व. रघुनन्दन महतो, स्व. दिल बहादुर श्रेष्ठ सहितको परिवारलाई सम्मान गरेको हो ।


उज्ज्वल सुनसरीले अभिनन्दन तथा सम्मान समारोहमा जग्गादाताहरुलाई मरोप्रान्त सम्मान र ज्येष्ठ नागरिकलाई सम्मान–पत्र तथा सम्मानितहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको आयोजकले जनाएको छ । जेष्ठ नागरिक सम्मान बाट सिताराम पौदार, युवा व्यवसायी वीरेन्द्र कुमार साह सहितलाई पनि सोही कार्यक्रममा इनरुवाका लागि गर्नुभएका अथाह सामाजिक योगदानहरु तथा समाजका प्रत्येक क्रियाकलापमा अग्रजको भूमिका निर्वाह गरी समाजमा योगदान पुरÞ्याउनु भएकोमा यहाँका आगामी दिनहरु थप ओजस्वी एवं समाजसेवारत बनुन् भन्ने शुभकामनाका साथ यहाँलाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको करकमलबाट सम्मानित गरिएको छ ।
संस्थाका सचिव बिनोद कुमार साह,उपाध्यक्ष कुमारी मिरा पोखरेल र अध्यक्ष शिव नारायण पण्डित सहितको उपस्थितिमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रमा योगदान तथा सहयोग गर्नेहरुलाई सम्मान गर्नुभएको थियो ।

इनरुवाको सत्यनारायण मन्दिर सेवा संघमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व गृहमन्त्री विजय कुमार गच्छदार, केन्द्रीय सदस्य राजिव कोइराला, नेता सिताराम मेहता, जनता समाजवादी पार्टीका नेता दिलिपचन साहु, एमालेका पोष्टकुमार नेपाल, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता सहितको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष शिवनारायण पण्डितको अध्यक्षता र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवको प्रमुख आथित्यतामा अभिनन्दन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको जनाएको छ ।