वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक कल्याण समाजको निर्वाचन सफलतापूर्वक सम्पन्न

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शिक्षक कल्याण समाजको कार्य समितिको निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतिष्ठानको संचालक परिषद ३२औं सभाको निर्णय एवं कार्यकारीणी समितिबाट पारित विधान अनुरुप प्रा.डा. विष्णुहरि पौडेलको अध्यक्षतामा ७ सदस्यिय निर्वाचन समिति गठन गरी यस समाजको निर्वाचन भएको हो ।

कुल २४ सदस्य रहेको उक्त समाजमा अध्यक्ष र सचिव गरी २ पदका लागि मात्र निर्वाचन भएको थियो भने अरु बाकी सदस्यहरु भने निर्विरोध निर्वाचित हुनुभएको थियो ।
कुल मत मध्ये ६८.३५ (२०३ मत) मत खसेको थियो जसमा जम्मा १०१ मत ल्याएर डा.सेराज अहमद खान अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो भने ११९ मत ल्याएर डा.कादिर आलम सचिव पदमा विजयी हुनु भएको हो ।

अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सूची निम्नानुसार रहेकोछ वरिष्ठ उपाध्यक्षः डा.प्रकाश कुमार पराजुली उपाध्याक्ष (मेडिकल) डा.दिपक कुमार यादव उपाध्याक्ष (डेन्टल) डा.प्रदिप आचार्य उपाध्याक्ष (नर्सिग ) बसन्त कुमार कर्ण उपाध्याक्ष (नन् मेडिकल) डा.अमरेन्द्र झा महासचिवः डा.संयोग उप्रेती कोषाध्यक्षः डा.रामायण प्रसाद कुशवाहा सदस्य (मेडिकल)ः डा.सुदिप मिश्र, डा.मोना दाहाल, डा.अमित बिक्रम शाह, डा.दीपेन्द्र प्रसाद सर्राफ, डा.पारस राज अमात्य, डा.प्रतिमा कुमारी साह ,सदस्य (डेन्टल) डा.मन्नु बिक्रम, डा.अन्जनी कुमार यादव, डा.पुजन आचार्य सदस्य (नर्सिङ्ग) प्रा.गयानन्द मण्डल, रम्भा सिग्देल सदस्य (नन् मेडिकल) डा.केशव राई, विरेन्द्र कुमार यादव ,वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणी पोखरेलले  बताउनुभयो ।