सौर्य सडकबत्ती मर्मत गर ।

  • सम्पादकिय

सौर्य उर्जाबाट सञ्चालित दुहबी नगरक्षेत्रका सडक बत्ती मर्मत सम्भार बेलैमा गर्नुपर्ने जरुरी देखिन्छ ।

लाखौ रुपैयाँ खर्चिएर दुहबी बजार तथा विभिन्न क्षेत्रमा राखिएका सडक बत्ती बिग्रिएपछि नगरपालिकाले मर्मत सम्भार नगरेपछि रात्रीकालीन समयमा अन्धकारमय हुने गरेको पाइन्छ ।

नगरक्षेत्रको बजार एरिया जस्तो ठाउँमै विद्युत अवरुद्ध हुँदा सौर्य उर्जाबाट सञ्चालित सडक बत्ती नहुँदा सास्ती खेप्नु परेको स्थानीय जानकारहरु बताईरहेका छन् ।
रात्रीकालिन समयमा सडक अन्धकारमय हुँदा सवारी दुर्घटना बढ्नुको साथै चोरी लगायतका घटनाहरु बढेर जाने सम्भावना देखिन्छ ।

दुहबी नगरपालिकाले केही वर्ष अघि लाखौ रकम खर्च गरेर विभिन्न ठाउँहरूमा सौर्य उर्जाबाट सोलार प्रविधिको सडक बत्ती राखेका थिए । ती सडक बत्तीहरु जडान भएको केही वर्ष भित्रै बिग्रिएपछि पुनः मर्मत सम्भार नहुँदा नगरले खर्चिएको लाखौ रकम सदुपयोग नभएको देख्न सकिन्छ ।

नगरक्षेत्रको सडक बत्ती नबल्नु जनताप्रतिको आलोचना हुनका साथै नगरपालिकाको कार्यक्षमताप्रति प्रश्नचिन्ह उब्जिएको स्थानीयहरु बताइरहेका छन् ।

सडक बत्ती नबलेपछि आएका जनगुनासोप्रति नगरपालिकाले गम्भिर ध्यानाकर्षण जनाई नगरपालिकाले खर्चिएको लाखौ रकमको सदुपयोग गर्न जरुरी देखिन्छ ।