। नेपाल यादव सेवा समिति दुहबीद्वारा जेष्ठ नागरिक तथा उच्च शिक्षा अध्ययन गर्ने महिला सम्मानित भएका छन् ।
नेपाल यादव सेवा समिति दुहबी नगर कार्यसमितिले शनिवार सम्पन्न भएको पदस्थापन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्पन्न भएको कार्यक्रममा दुहबी नगर क्षेत्रका छोरी र बुहारी सहितका उच्च शिक्षा उत्तीर्ण महिलाहरूलाई सम्मान गरेको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवका अनुसार नयाँ कार्य समितिको पदभार ग्रहण सहित तथा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । दुहबीमा नेपाल यादव सेवा समिति नगर कमिटि दुहवीको पदस्थापनको अवसरमा ५० जना जेष्ठ नागरिक, ६ जना पत्रकार तथा २० बुद्धिजिवी र ३० जना उच्च शिक्षा अध्ययन गर्ने महिलाहरूलाई सम्मान गरेको हो ।
यादव समुदायका ६५ वर्ष बढी उमेर समूहका जेष्ठ नागरिकलाई समाजमा योगदान गरेको जिउदो इतिहास भएको भन्दै दोसल्ला र सम्मान पत्रका साथ सम्मानित गरेको कार्यक्रम संयोजक अशिष कुमार यादवले जानकारी दिए ।
उहाँले नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र महिला उत्तीर्ण हरूलाई सम्मान तथा साँस्कृतिक झाँकी सहित गरेर सामुदायको सदभाव समेत झल्काएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि दुहवी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले नेपालमा कुल जनसंख्याको चार प्रतिशत अर्थात १२ लाख बढी रहेको यादव समुदायको उपस्थितिले देशको संख्यात्मक मात्रै नभई गुणात्मक फड्को मार्न समेत यसप्रकारका कार्यक्रमले योगदान गरेको बताउनुभयो ।
दुहवी नगरप्रमुख गच्छदारले देशको प्रमुख १० जाती भित्र रहेको यादव समुदायको जनसंख्या दुहबीमा अन्य स्थानीय तहको भन्दा कम संख्या भए पनि सार्थक उपस्थिति रहेको चर्चा गर्नुभयो । उहाँले नेपाल भारत र सार्क मुलुक मात्रै नभई समग्र सनातनको जननी भगवान कृष्णको सन्तान यादवहरु भएकोले उहाँहरुको प्रेरणामा आफू पनि लागेको र साथ सहयोग जारी रहने बताउनुभयो । यस नगरपालिकामा यादवहरुको पक्षमा आफूले सक्दो काम गर्ने बताउनुभयो ।
नगरप्रमुख गच्छदारले यादवहरुको इतिहासको चर्चा गर्नुहुदै पूर्व राष्ट्रपती रामवरण यादव, मुख्य निर्वाचन आयुक्त अयोद्धिप्रसाद यादव, वर्तमान उपराष्ट्रपती रामसहाय प्रसाद यादव, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवसम्मको योगदानको बारेमा बोल्नुभएको थियो । नगरप्रमुख गच्छदारले यादवहरुको एकताले देशमा सार्थक सन्देश दिएकाले उदाहरण समेत यादवलाई नै लिने गरेको र अनुयायी समेत भएको जनाउनुभयो ।
कार्यक्रममा दुहवी नगरपालिकाका नगर उपप्रमुख मेनुका पोखरेल (खतिवडा)ले समग्र महिला सहित यादव महिला, बालबालिका र जेष्ठनागरिकको पक्षमा आफूले काम गर्ने बताउनुभयो । उहाँले उपप्रमुख भएकाले न्यायीक समिति र योजना समेतमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
त्यसैगरी गढी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद यादवले आफू यादव सेवा समितिलाई जग्गा र आर्थिक सहयोग गर्ने बचन दिनुभएको थियो । दुहवी ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहवी ४ का मुस्तकिन रैन, यादव नेता रमेश प्रसाद यादव, मनोज यादव, रामचन्द्र यादव सहितले आ–आफ्ना मनत्व्य राख्नुभएको थियो ।
सम्मानित छोरी बुहारीहरुमा रन्जना यादव, देवसुन्दरी यादव, गिता यादव, अन्जु यादव, रिता यादव, मन्जु यादव, सिता यादव, रामवती कुमारी यादव, इन्दु यादव, सुस्मा यादव, अंकिता यादव, निकिता यादव, प्रिया यादव, भुमिका यादव, श्रीमती सरितादेवी यादव, पुनम यादव, किरण यादव, अन्जली यादव, मन्जु यादव, पुष्पा यादव लगायतका रहनुभएको छ ।
सोही कार्यक्रममा नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन समेत सम्पन्न भएको छ । पदस्थापना तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र उच्च शिक्षा हासिल गरेको महिलालाई सम्मान कार्यक्रममा दुहबी नगर कार्य समितिले पदभार ग्रहण गरेको हो । नेपाल यादव सेवा समिति नगर कमिटि दुहवीका अध्यक्ष गोविन्द यादव सहितलाई जिल्ला कार्यसमितिले पदभार ग्रहण गराएका थिए ।
समिति वरिष्ठ उपाध्यक्ष डा. अशोक यादव, उपाध्यक्ष अम्बीका यादव, सचिव दिनेश कुमार यादव , सह–सचिव, कोषाध्यक्ष मन्जु देवी यादव सहितको पदभार ग्रहण गराइएको थियो । त्यसैगरी सदस्यहरु गोपी यादव, रामप्रताप यादव, प्रमेश्वर यादव, नविन कु. यादव, रामेश यादव, केदार यादव, पवित्रा देवि यादवले समेत पदभार ग्रहण गरेको हो । सल्लाहकारहरुमा अशिषकुमार यादव, विद्यानन्द यादव, संजयकुमार यादव, गंगाराम यादव, संजयकुमार यादव रहनुभएको छ ।
कार्यक्रममा नेपाल यादव सेवा समितिको सुनसरी अध्यक्ष देवकृष्ण यादव, यादव सेवा समिति विराटनगर १२ मोरगं अध्यक्ष सोभितलाल यादव, भोक्राहा नरसिंह अध्यक्ष रमेश यादव, इटहरी अध्यक्ष दिपनारायण यादव, बर्जुका अध्यक्ष सहित पदाधिकारी एवं प्रतिनिधिहरू, समुदायका अगुवा, बुद्धिजीवी, शिक्षा प्रेमी, चिकित्सक, स्वास्थ्यकर्मी सहितको उपस्थिती रहेको थियो ।