सुनसरीमा निर्वाचन सुरक्षा बारेमा नेपाल भारतका अधिकारी बीच समन्वय बैठक

कात्तिक १८ गते । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तरहरा कृषि अनुशंधान निर्देशनालयमा नेपाल र भारत जिल्ला स्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ ।

बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला नेपाल भारतको सीमा ७२ घण्टा सील गर्नेदेखी सीमा सुरक्षामा निगरानी र
बैठकमा अन्तरदेशीय सीमा अपराध न्यूनिकरणका कारेमा छलफल भएको छ । त्यसैगरी बैठमा अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था लगायत विषयमा दुवै पक्षबीच छलफल भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रजिअ यादवका अनुसार बैठमा निर्वाचनका बेला मंसिर १ गते राती १२ बजेदेखी मंसिर ४ गते राती १२ बजेसम्मका लागि जिल्लाको नेपाल भारत सीमा सिल गर्ने र त्यसमा दुवै सुरक्षा निकायले काडाईसाथ निगरानी गर्ने निर्णय गरेको छ । निर्वाचनका बेला सीमामा हुन सक्ने सम्भावित सबै खाले समस्याको समाधान गर्न प्रयास गर्ने सहमती भएको छ ।

प्रजिअ यादवका अनुसार निर्वाचनका बेला सीमा सिलदेखी सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, निर्वाचनका बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण गर्ने लगायतका विषयमा छलफल भएको छ ।

बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रजिअ यादव सहित प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरीका प्रमुख विक्रम होमागाई, सुरक्षा अधिकारीहरु र भारतका तर्फबाट सुपौल जिल्लाका डिएम कौशल कुमार, डि अमरेश, बीरपुरका भारतीय प्रहरी प्रमुख पंकल कुमार मिश्रा, सुरेश प्रसाद, भारतीय सीमा सुरक्षा बलका कमाण्डर आलोक कुमार, भारतीय प्रहरीका प्रतिनिधि तथा भारतीय भन्सार कार्यालयका राजिव रन्जन सिंह सहितका प्रतिनिधिको सहभागिता थियो ।
यसअघि बसेको समन्वय समितिको बैठक नियमित बस्ने निर्णय भएकाले त्यस विषयमा पनि छलफल भएको थियो ।