दाजुभाइ कृषि फर्मले २ सय सिलिन्डर बाट सुरु गरेको च्याउ खेती अहिले ८ हजार

इनरुवा । सुनसरी बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन ।


वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो।

पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले ८ हजार सिलिन्डरलगाइएको दाजु भाइ कृषि फर्मका संचालक रोसन गुप्ता जानकारी दिनु भएको छ ।
च्याउ खेती गर्नका लागि १० कठ्ठा जग्गा भाडामा लिइएको छ । भने पराल र दाउरा समेत स्टोकमा राखेको जानकारी दिए । साथै १० जना मजदुरहरुलाई समेत रोजगारी दिइएका हुन।

कृषि फर्म संचालक गुप्ताका अनुसार उत्पादन गरेको च्याउ बिक्री गर्नका लागि इनरुवा राम जानकी गूठी हटिया , झुम्का र बाङे लगायतका बजारमा विक्री गर्दै आउनु साथै बजारीकरणको कुनै पनि समस्या नरहेको उहाले बताउनु भयो।