रास्वपाको आन्दोलन के कालागि होला बुझ्नै सकिएन ???

अबुल हुसैन अनसारी

रास्वपाको आन्दोलन के कालागि होला बुझ्नै सकिएन । न जनताको बिषय छ न कुनै देश बनाउने एजेण्डा ।

सिर्फ सभापतिमाथी अनुसन्धान रोक्न किन होला शक्ति देखाउने । अहिले रवी दोषी करार भइसकेका छैनन् मात्र उनी आरोपी मात्र हुन् । तर उनीमाथी भइरहको छानविन नै रोक्नखोज्नु कस्तो नयाँपन हो साथीहरु । कानुन सबैलाई बराबर भन्ने आफुलाई पर्दा फेरी मान्दीन भन्ने ।

फेरी रवी मात्र अनुसन्धानमा परेका होइनन् होला धेरै नेताहरुमाथी विभिन्न बिषयमा सरकारले छानविन गरेको छ त्यसमा कोही दोषी देखिएर कारवाही भोगेका छन् भने कोहीले सफाइ पाएका छन् । रवीले पनि त यही कुरा भोग्ने हो, कि दोषी होलान नभए निर्दोष । किन सडकमा दुख पाउनु परो तपाइहरु जति सडकमा आएपनि कानुनले भिड हेर्दैन । कानून लाई प्रमाण चाहिन्छ ।

यस्ता संविधान र कानुन विपरीतका क्रियाकलापले हामीलाई कहाँ पुर्याउल्ला यता तिरपनि सोच्ने हो की ?अझ यो चाडपर्वको समयमा त जनतालाई सुविधा र सहजता दिनुपर्नेमा भिड जम्मा पारेर काठमाडौंलाई अस्तब्यस्त बनाउनु कत्तिको जायज ।

हुन त आजसम्म कुनै दलले आफ्ना नेता पक्राउ पर्दा नारावाजी गरेर जनतालाई दुख दिएको थिएन तर तपाईहरु नयाँ भएकाले होला कानुनलाई , अनुसन्धानलाई प्रभावपार्नेगरी नारावाजी गरिरहेको । यो चाँही नयाँ दलको नयाँ रुप रहेछ । आज सुनसरी सदरमुकाम इनरुवामा गरेको बिरोध सभा के को लागी हो घणटी साथी,??? सम्पूर्णमा तिहारको शुभकामना ।